विश्वभर छरिएर रहेका कांग्रेसहरुको जनसम्पर्क समिति ‘विश्व सञ्जाल’ गठन


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिको ‘अन्तराष्ट्यि समन्व्य समिति विश्व सञ्जाल’ गठन गरिएको छ । विश्वभर रहेका जनसम्पर्क समितिहरु एकभई पार्टीलाई मजबुद बनाउने उदेश्यले समिति गठन गरिएको छ ।

सञ्जालको अध्यक्षमा अमेरिकाका विष्णु सुवेदी रहेका छन् । त्यस्तै उपसभापतिहरुमा चित्र केसी यूएई, कञ्चन पोखरेल अस्टे्लिया, नवराज शिवाकोटी दक्षिण कोरिया रहेका छन् । महामन्त्रीमा चिन्तामणी सापकोटा युरोप, सहमहामन्त्रीमा नविन आचार्य डेनमार्क, भुपी गोविन्द श्रेष्ठ जापान रहेको जनाईको छ । कोषाध्यक्षमा शुभाष घिमिरे अमेरिका रहेका छन् ।

यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ्ग हङकङ बिराट श्रेष्ठ भारत, डिपी कँडेल जापान, राजेन्द्र जमरकटेल जापान, अबिर जोशी मकाऊ, उत्तम कडेल नेदरल्याण्ड, टिका राम सापकोटा बेलायत, पूर्ण तिमिल्सिना बेल्जियम, दिपक रेग्मी नेदरल्याण्ड, कुश बस्नेत बेलायत, उषा भुषाल सुवेदी इजरायल, हेमराज पाण्डे क्यानाडा, बेदनिधि आचार्य ओमान, नवराज लामिछाने साउदी अरब, विष्णु सापकोटा पोर्चुगल, राजेन्द्र बिरही कुवेत, भवानी शंकर तिवारी मलेशिया, ताराप्रसाद बन्जाडे चिन, ज्ञानेन्द्र खत्री यूएई रहेका छन् ।

विश्व सञ्जालको तदर्थ समितिमा सबै देशका जनसम्पकै समितिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ । समिति गठन भएपछि खसोखाससंग संक्षिप्त प्रतिकृया दिँदै अध्यक्ष सुवेदीले भने, कांग्रेसलाई अब जगदेखी बलियो बनाउनुपर्ने अवस्था आएको छ, हामी विश्वभर छरिएर रहेका कांग्रेसजनहरु त्यसका लागि एकबद्ध भएका हौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com