ओलम्पिक कमिटीको निर्णयः ‘दक्षिण एसियाली खेलकुदमा खेलाइने खेलहरुको संख्या २७ पुग्यो’


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

१३ औं दक्षिण एसियाली खेलकुदमा समावेश हुने खेलका इभेन्टहरु निर्धारण भएका छन् । दक्षिण एसियाली ओलम्पिक कमिटीको शनिबार बसेको बैठकले १३ औं दक्षिण एसियाली खेलकुदमा खेलाइने खेलहरुको संख्या २७ वटा पुर्याएको छ ।

बैठकले क्रिकेट र प्याराग्लाइडिङ समावेश गरी खेलको संख्या २७ पुर्याएको छ । यसअघि १२ औं सागमा समावेश भएको २३ खेलका अलावा कराँते र गल्फ समावेश गर्ने निर्णय भएकोमा शनिबारको बैठकले थप २ खेल समावेश गरि २७ वटा खेलमा प्रतिस्पर्धा हुने भएको हो । दक्षिण एसियाली खेलकुदमा प्याराग्लाइडिङ पहिलोपटक समावेश गरिएको हो भने क्रिकेट दोस्रो पटक समावेश गरिएको हो । १३ औं दक्षिण एसियाली खेलकुद आगामी फागुन २५ गतेदेखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।

यसअघि सन् २०१० मा ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक क्रिकेट समावेश गरिएको थियो । त्यसपटक यू–२१ टिमबीच प्रतिस्पर्धा गराइएकोमा यसपटक ओलम्पिक टिम अर्थात यू–२३ टिमले सहभागिता जनाउनेछ । जसमा ३ जना सिनियर टोलीका खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ । क्रिकेट महिला र पुरुष दुवै खेलाइनेछ ।

आइतबारको पत्रकार सम्मेलनमा दक्षिण एशियाली ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा पछिल्लो समय असाध्यै चर्चित खेल क्रिकेट रहेको तथा शाहसिक तथा पर्यटकीय महत्वका हिसावले प्याराग्लाइडिङ सर्वसम्मत रुपमा समावेश गरिएको जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकले सहभागी २७ खेलका ३१५ इभेन्ट निर्धारण गरेको छ । जसमा स्वीमिङमा ४१, एथ्लेटिक्समा ३८, तेक्वान्दोमा ग्यारोगी र पुम्से गरी २१, करातेमा १८, जुडोमा १५ इभेन्ट समावेश गरिएका छन् । बैठकले दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बिधान संशोधन प्रक्रिया पनि अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सन् १९८४ मा बनेको काउन्सिलको विधानलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एसियाली ओलम्पिक कमिटीको ढाँचामा विधान संशोधनको तयारी गरिएको छ । विधान संशोधनका लागि अगष्ट १० सम्म सुझाव संकलन गरिने र अगष्ट १९ मा इण्डोनेसियाको जाकार्तामा बस्ने काउन्सिलको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com