ट्रम्पद्वारा प्रमुख दुई पदमा नियुक्ति


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो सत्ता सञ्चालन गर्ने भावी टोलीको मुख्य जिम्मेवारीमा रिपब्लिकनका उच्च अधिकारी र एकजना पुरातनवादी सञ्चारमाध्यमका प्रमुखलाई नियुक्त गरेका छन्। रिपब्लिकन न्यासनल कमिटीका अध्यक्ष राइन्स प्रिबस ‘चिफ अफ स्टाफ’ हुनेछन् भने ब्राइटबार्ट न्युज नेटवर्कका कार्यकारी अध्यक्ष स्टेफेन बेनोन ट्रम्पका प्रमुख रणनीतिकार हुनेछन्। प्रिबसको हाउस अफ रिप्रिसेन्टेटिभका सभामुख पल रायनसँग निकट सम्बन्ध रहेको छ।

टोलीको मुख्य जिम्मेवारी पाउने राईन्स प्रिबसले सत्ता सम्हाले लगत्तै ह्वाइट हाउसले अख्तियार गर्ने नीति निर्धारणमा प्रमुख भुमिका खेल्नेछन् र संसद र सरकारबिचको सेतूको काम गर्नेछन्। संवाददाताहरुले भनेका छन्, प्रिबसलाई मुख्य जिम्मेवारी दिनुले ट्रम्पका तल्लो तहका समर्थकहरुलाई बिच्काउन सक्नेछ किनभने त्यसले अब आउने नयाँ प्रशासनले शुरुका विधायिका पारित गराउन संसदसँग नजिकमा रहेर ट्रम्पले काम गर्न चाहेको संकेत गर्छ। ‘चिफ अफ स्टाफ’ लाई ह्वाईट हाउसको सबैभन्दा शक्तिशाली पदका रुपमा हेरिन्छ र उक्त पदमा नियुक्त व्यक्तिले राष्ट्रपतिको निजी सचिवका रुपमा काम गर्ने गर्छन्। राष्ट्रपतिको दैनिक कार्यसूची निर्धारण देखि भेटघाट लगायतका महत्वपूर्ण काम उनको जिम्मेवारीमा पर्छ।

प्रमुख रणनीतिकारको जिम्मेवारी पाउने बेनोनले ट्रम्पको चुनावी प्रचारप्रसारको प्रमुखका रुपमा काम गर्न ब्राइटबार्टबाट केही समयका लागि विश्राम लिएका थिए।
एउटा विज्ञप्ति जारी गर्दै ट्रम्पले आफ्नो सफल टोली, देशको नेतृत्व गर्नका लागि आफूसँग रहनुले रोमाञ्चित पारेको बताएका छन्। नयाँ जिम्मेवारी पाएका राइन्स र स्टिभ योग्य नेता भएको र उनीहरुले राष्ट्रपतीय चुनावको ऐतिहासिक जित हासिल गर्ने अभियानमा राम्रो काम गरेको ट्रम्पले बताए।

गत मंगलबार भएको राष्ट्रपतीय चुनावमा डेमोक्र्याट हिलरी क्लिन्टनलाई पराजित गरेका ट्रम्पले आउँदो ज्यानुअरी २० तारिखबाट ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन्। यसैबीच, ट्रम्पले आफू राष्ट्रपति भएपछि गैरकानुनी रुपमा बसेका २० देखि ३० लाख आप्रवासीहरुलाई अमेरिकाबाट निकाला गर्ने भन्ने आफ्नो यसअघिको भनाईलाई पुन: दोहोर्याएका छन्। बीबीसीका वीरा डेभिसले भने, “सिबिएससँगको अन्तर्वार्तामा ट्रम्पले चुनाव अघिको आफ्नो बाचा दोहोर्याउँदै कागजात बिना गैरकानुनी रुपमा बसेका आप्रवासीहरुलाई फिर्ता गर्ने उनको पहिलाको कठोर भनाईमा आफू कायमै रहेको बताए।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अवैधानिक रुपमा बसेका बाँकी झण्डै ८० लाख आप्रवासीहरुको भविष्य, सीमा सुरक्षाबारे निर्णय भएपछि तय हुने उनले बताए। ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने आफ्नो अर्को बाचाप्रति कायमै रहेको पनि बताएका छन्।बिबिसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com