पाकिस्तानका पूर्वप्रधानमन्त्री शरीफलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ उनलाई पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए ।

शरीफलाई हालैमात्र पाकिस्थानको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।

सो फैसलाको समयमा लन्डनमा रहेका शरीफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उनलाई यसरी पक्राउ गरिएपछि पकिस्थानको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ । पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान शुरु भइसकेको छ ।

निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ । उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताए । लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेका एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ ।

श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए। उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छिन् । पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com