बाढीपहिरोमा परेकाहरूको उद्धारका लागि सेना परिचालन


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परेकाहरूको उद्धारका लागि नेपाली सेना परिचालन भएकाे छ।

सैनिक मुख्यालयका अनुसार भक्तपुरको सल्लाघारी र चाँगुनारायणमा सेना परिचालन गरिएको हो।

सल्लाघारीमा खरिपाटीबाट उद्धमर टोली परिचालन गरिएको सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिए
यस्तै चाँगुनारायणमा सेनाको विपत् र इन्जिनियर गणबाट एक टोली खटिएको उनले बताए।

‘हाम्रो उद्धार टोली खटिएको छ, विस्तृत विवरण आएको छैन,’ भण्डारीले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार काभ्रेको रोशीखोला बाढीमा फसेका दुई जनाको उद्धारका लागि सेना खटिएको छ।

त्यहाँ उद्धार गर्ने काम भइरहेको छ। यस्तै बनेपा नगरपालिका क्षेत्रमा समेत सेना खटिएको नेपाली सेनाले जनाएको छ।

बुधबारदेखि जारी वर्षाका कारण राजधानीसहित देशैभरको जनजीवन प्रभावित भएको छ।

भक्तपुरमा अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो।

हनुमन्ते खोलाको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। जगाती र बाराही क्षेत्रका वस्तीमा बाढीको पानी पस्दा स्थानीय बासिन्दाकाे विजाेग भएकाे छ।

यस्तै मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजना भित्रका पूरै बस्ती डुबानमा परेको छ। राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्मको क्षेत्र पूरै डुबानमा परेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ।

मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ।

घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय बासिन्दाले बताएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com