भक्तपुर डुबानमा, तीनजनाको मृत्यु


प्रकाशित मिति : असार २८, २०७५ बिहीबार

भक्तपुर डुबानमा परेको छ । डुबानमा परी तीनजनाको मृत्यु भएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटका अनुसार चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा भएको एउटा अस्थायी टहरामा रहेका तीनजनाको मृत्यु भएको छ । उदार कार्य तीव्र रहेको प्रमुख जिल्ला अधिकारी भटले जानकारी दिए । मत्युहुनेहरुको पहिचान खुलेको छैन ।

अविरल वर्षाका कारण हनुमन्ते र खासांखुसी खोलामा बाढी आएको छ । बाढीले खोला आसपासका क्षेत्र डुबानमा परेको छ । गएरातीदेखि परेको अविरल वर्षाका कारण विहान ३ बजेदेखि खोला आसपासका क्षेत्रमा डुबान बढेपछि खोला छेउछाउ बस्ने समुदाय विस्थापित भएका छन्।

डुबानले च्याम्हासिहंबाट जगाती जने पुल आसपासका क्षेत्र, महेश्वरी खेलमैदान, राममन्दिर क्षेत्र डुबानमा परेका छन् । डुबानका कारण रातीदेखि अवरुद्ध भएको जगातीदेखि च्याम्हासिंहसम्मको मोटरबाटो बिहान साढे आठ बजेदेखि खुलेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी निकोसेरा राधेराधे क्षेत्र डुवानमा परेको छ । अस्थायी टहरा बनाइ बसिरहेका भूकम्प प्रभावित समुदाय यस बढीबाट बढी जोखिममा परेका छन् । बाढी टहरामा पसेदेखि अनिन्दामा बस्नु परेका हुन ।डुबानबाट पूरै जनजीवन अस्तव्यस्त भएको छ ।

अस्पताल डुबानमा पर्दा अस्पतालमा उपचारत बिरामी, चिकित्सक आवतजावतमा समेत समस्या परेको मात्र नभई अस्पतालको पहिलो तल्लाको बिरामी राख्ने वेडसम्मेत डुबानमा परेपछि अस्पतालको आकस्मिक् र नियमित सेवाहरुमा समेत अवरुद्ध भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com