सडक निर्माणले पर्यटकीय क्षेत्रको यात्रा सहज हुदै


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

सडक निर्माण हुन थालेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–९ को चुरे क्षेत्रमा पर्ने धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने झिलमिला तालसम्मको यात्रा सहज हुने भएको छ ।

नगरपालिकाको मटेनादेखि सुगरखालीसम्म कालोपत्रे सडक निर्माणको कार्य अघि बढेको छ । सघन शहरी विकास कार्यक्रमअन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले मटेनादेखि सुगरखालीसम्मको पाँच किलोमिटर सडक निर्माण कार्य ठेक्काबाट गराउन लागेको छ ।

भागेश्वर कन्स्ट्रक्सनले १८ महिनामा निर्माण कार्य पूरा गर्ने गरी रु सात करोडमा ठेक्का सम्झौता गरेको छ । सडकको ट्रयाक खोल्ने कार्य सकिएको छ ।
झिलमिला ताललाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखेर शुरु गरिएको सडक निर्माण कार्यलाई ताराकोटसम्म पु¥याइने भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो क्षेत्र धार्मिक र पर्यटकीय हिसाबले निकै महत्वपूर्ण छ, सडक निर्माणले यो क्षेत्रको पर्यटकीय विकास हुन्छ, अहिले सहरी विकास कार्यक्रमअन्तर्गत सुगरखालीसम्म पाँच किलोमिटर पक्की हुन्छ, त्यसपछि दोस्रो चरणमा ताराकोटसम्म सडक कालोपत्रे गर्छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मटेला झिलमिला सडकको ताराकोटसम्म गाडीबाट पुग्न सकिने र ताराकोटबाट तालसम्म पुग्न नौ सिँढी बनाइने छन् । ताराकोटबाट तालसम्मको दूरी झण्डै ९०० मिटर छ ।

दैनिक तीन पटक रंग फेरिने तालको पानी, वर्षौंदेखि एकै आकारका माछा र जंगलको बीचमा भएर पनि एउटा पात पनि तालमा नदेखिनुको तालका विशेषता हुन् । तालको विशिष्ट विशेषता नियाल्नका लागि पर्यटक यहाँसम्म पुग्ने गरेका छन् ।

विसं २०५७ मा तत्कालीन जिल्ला विकास समितिले झिलमिला तालसम्म सडक खनेकोे थियो । सशस्त्र द्वन्द्वका कारण सवारीसाधन सञ्चालन हुन नसकेपछि प्रयोगमा नआएर पुरिएको थियो ।

भीमदत्त नगरपालिका–९ का अध्यक्ष राम नाथले झिलमिला सडकले झिलमिलाको धार्मिक पर्यटन विकास हुने र यसबाट मटेनासहित जिल्लालाई फाइदा हुने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com