ट्रम्पको आगामी आर्थिक नीति ‘पर्ख र हेर’


प्रकाशित मिति : कार्तिक २६, २०७३ शुक्रबार

विश्वकै शक्तिशाली पद अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि अमेरिकाले अन्य देशका लागि लिने आर्थिक नीति र सहयोगमा कस्तो फेरबदल आउला ? भन्ने जिज्ञासा अहिले चौतर्फी छ । नेपालमा सोबारे पर्ने प्रभावमा विभिन्न अड्कल काटिन थालेको भए पनि खासै असर नपर्ने विश्लेषण परराष्ट्रविज्ञहरूको छ ।

परराष्ट्रविद् तथा पूर्व अमेरिकी राजदूत डा. सुरेश चालिसेले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लिने आर्थिक नीतिमै सहयोग बढ्ने या कटौती हुनेमा भर पर्ने बताए । ‘नेपाल र अमेरिकाबीचको प्रगाढ सम्बन्धका कारण आर्थिक सहयोगमा धेरै फेरबदल हुने सम्भावना छैन तर नवनिर्वाचित राष्ट्रपतिको आगामी नीतिमा धेरै कुरा निर्भर हुन्छ,’ उनले भने ।

विश्वको आर्थिक बजार एकापसमा अन्तरनिर्भर रहेकाले अमेरिकाले लिने नयाँ नीतिले फेरबदल आउनसक्ने सम्भावना रहने बताउँदै उनले भने, ‘राष्ट्रपति ट्रम्पले नयाँ नीति लिनुहुन्छ या पुरानैलाई निरन्तरता दिनुहुन्छ, त्यसलाई अहिले ‘पर्ख र हेर’को हिसाबले मात्र विश्लेषण गर्न सकिन्छ ।’

अर्का परराष्ट्रविज्ञ मधुरमण आचार्यले राष्ट्रपति ट्रम्पको आगामी कार्यनीति र योजनालाई नहेरी मूल्याङ्कन गर्नु अनुमानमात्र हुने भन्दै उनले नेपाललाई दिइने आर्थिक सहयोगमा धेरै उतारचढाव आउने सम्भावना नरहेको बताए । ‘बाह्य देशबारे ट्रम्पले लिने आर्थिक नीतिमै उतारचढाव आउने या यथावतै रहने टुङ्गो हुन्छ, अहिले नै यसै हुन्छ भन्नु हतार हुन्छ’, आचार्यले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुनुपूर्व चुनावी प्रचारमा उनले दिएको अभिव्यक्तिले विश्वबजारमा हलचल आएको थियो । विदेशी सहयोग र वैदेशिक रोजगारीमा कटौती हुने खालका अभिव्यक्ति उनको थियो । चुनावी प्रचारअनुसार ट्रम्पले कार्यनीति बनाए रोजगारीमा ठूलो कटौती हुनसक्ने अनुमान विज्ञहरूको रहेको गोरखापत्रमा खबर छ ।

परराष्ट्र मामिलाका अर्का विज्ञ डा. राजन भट्टराईका अनुसार राष्ट्रपति ट्रम्पले अमेरिका केन्द्रित आर्थिक नीति लिने देखिएकाले त्यसो भए ठूलो समस्या आउने बताए । ‘वैदेशिक सहयोग कटौती गर्ने र अमेरिकाको आर्थिक समृद्धिका लगि आन्तरिक मामिलामै केन्द्रित हुने ट्रम्पको चुनावी अभियान देखिएको थियो’, डा. भट्टराईले भने, ‘आगामी कार्यनीति कस्तो आउँछ, त्यसमा धेरै कुरा निर्भर हुन्छ, चुनावी अभियानकै जस्तै आर्थिक नीति लिने हो भने नेपाललाई दिइने आर्थिक सहयोग र भन्सार छुटमा समेत ठूलो मार पर्नेछ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com