विश्व नेताहरुद्वारा ट्रम्पलाई बधाई


प्रकाशित मिति : कार्तिक २५, २०७३ बिहीबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई एउटा टेलिग्राम पठाएर रुसी अमेरिकी सम्बन्धलाई संकटबाट उतार्नका लागि मिलेर काम गर्ने अपेक्षा गरेको बताएका छन्।

कैयौं विश्व नेताहरुजस्तै युरोपेली संघका नेताहरुले ट्रम्प राष्ट्रपति चुनिने अपेक्षा गरेका थिएनन्।

यद्यपि युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्क र युरोपेली आयोगका अध्यक्ष क्लोड युंकरले बधाई ज्ञापन गर्दै युरोप भ्रमण गर्ने निमन्त्रणा पठाएका छन्।

जर्मनीका राजनीतिक तथा व्यापारिक समुदायले डोनाल्ड ट्रम्पको जीतप्रति आश्चर्य व्यक्त गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जर्मन समाचारपत्रहरुले ट्रम्पका नीतिहरुले विश्व अर्थव्यवस्थामा अस्थिरता उत्पन्न गर्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।
जर्मन चान्सलर एङ्गेला मर्केलले राष्ट्रपति पदमा निर्वाचित ट्रम्पलाई बधाई ज्ञापन गरेकी छिन्।

तर उनले त्यस्तो मित्रता, उनकै शब्दमा, दुबै देशका साझा मूल्य, मान्यताहरुमा आधारित हुने अपेक्षा पनि व्यक्त गरेकी छिन्।

इजिप्टका राष्ट्रपति अब्दल फतह अल सिसिले ट्रम्पलाई उनीमाथि विश्वास गरेका “मित्रवत अमेरिकी जनता”को सेवामा सफलताको शुभकामना दिएका छन् र अमेरिका र युरोपको सम्बन्ध पुनर्जागृत गर्ने अपेक्षा गरेको बताएका छन्।

प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले एउटा वक्तव्य दिंदै निर्वाचित अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई बधाई दिएको र उनको कार्यकालमा शान्ति स्थापना हुने आशा राखेको बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाको दुईपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु-याउन ट्रम्पसंग नजीकको सहकार्य गर्ने अपेक्षा गरेको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र अमेरिकाको दुईपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पु-याउन ट्रम्पसंग नजीकको सहकार्य गर्ने अपेक्षा गरेको बताए।

चिनिया विदेश मन्त्रालयका एकजना प्रवक्ता लु काङले चीन र अमेरिकाको स्वस्थ र स्थीर सम्बन्ध अघि बढाउनका लागि नयाँ अमेरिकी प्रशासनसंग मिलेर काम गर्ने अपेक्षा गरेको बताए, तर उनले डोनल्ड ट्रम्पको नाम भने लिएनन्।

न्यूजीलण्डका प्रधानमन्त्री जोन कीले ट्रम्पलाई बधाई दिएका छन् भने अस्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले अस्ट्रेलिया अमेरिकाको सबभन्दा बलियो समर्थक र राम्रो साथी भएको कुरा अमेरिकीहरुले बुझ्नु पर्ने बताएका छन्।

टर्कीका प्रधानमन्त्री बिनाली यल्दरमले ट्रम्पलाई अमेरिकामा रहेका धर्मगुरु फेतुल्लाह गुलेनलाई टर्कीलाई जिम्मा लगाउन आह्वान गरेका छ्न्।

ट्रम्पले सार्वजनिकरुपमै रुसी राष्ट्रपति पुटिनको समर्थन गरेका थिए।

बीबीसीक लीस डुसेट भन्छिन्, राष्ट्रपति ट्रम्पको विदेश नीतिको पहिलो परीक्षा सिरियाली शहर अलेप्पोमा हुनेछ, जहाँ रुसी समर्थनप्राप्त सिरियाली सैन्यले पश्चिमा समर्थन प्राप्त विद्रोहीहरुमाथि हवाइ हमला जारी राखेका छन्।

त्यस्तै जलवायु परिवर्तन न्यून गर्न गरिएको अन्तर्राष्ट्रिय संझौतादेखि इरानसंगको अणु अस्त्र संझौताको भविष्यबारे पनि आशंका व्यक्त गरिएका छन्।

समाचार श्रोत : बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com