अख्तियारले भन्यो –नेतामाथि अनुसन्धान भएकै छैन


प्रकाशित मिति : कार्तिक २३, २०७३ मंगलबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका कुनै पनि नेतामाथि भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि नबढाइएको प्रस्ट पारेको छ । प्रमुख आयुक्त लोकमानसिंह कार्कीले दलका शीर्ष नेताहरूमाथि समेत भ्रष्टाचार अभियोगमा अनुसन्धान थालेका कारण महाअभियोग लगाइएको प्रचार गराएप्छि आयोगले पहिलोपटक मुख खोल्दै नेतामाथि अनुसन्धान नै नभएको प्रस्ट पारेको हो ।

अख्तियारले लोकमान पक्षधरले लगाएको आरोप कपोल्कल्पित हल्ला मात्र भएको पनि बताएको छ । महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त कार्की निकटस्थहरूले दलका नेतामाथि छानबिन थालेकै कारण उनीविरुद्ध महाअभियोग लगाइएको बताइरहेका बेला अख्तियार आफंैले यसलाई कपोल्कल्पित हल्ला भनेको हो ।

‘हामी लामो समयदेखि यही बसेर हेरिरहेका छौं, अहिलेसम्म भ्रष्टाचारको विषयमा कुनै पनि दलका नेतामाथि बोलाएर या सूक्ष्म रूपमा अनुसन्धान गरिएकै छैन,’ अख्तियारका एक आयुक्तले भने । ती आयुक्तका अनुसार भ्रष्टाचारजन्य कसुरमाथि छानबिन, अनुसन्धान तथा अभियोजन गर्ने संवैधानिक अंगकै बदनाम गर्ने गरी हचुवाको भरमा अनुसन्धानको हल्ला चलाइएपछि अख्तियारले सार्वजनिक रूपमै नेतामाथिको अनुसन्धान गरिएको हल्ला निराधार भएको सार्वजनिक गरिएको हो ।

अख्तियारले सोमबार विज्ञप्तिमार्फत सार्वजनिक पद धारण गरेका केही व्यक्तिहरूलाई लक्षित गरी अनुसन्धान भइरहेको भन्ने विषयमा सत्यता नभएको प्रस्टसमेत पारेको राजधानीमा खबर छ । ‘अख्तियार जस्तो संवैधानिक अंगले व्यक्तिको नाम किटेर लाञ्छाना लगाउने या होइन भन्ने कुरा हँुदैन, कुरो प्रस्ट बुझ्नुहोस्, दलका नेता त्यसमा पनि शीर्ष तहका नेतामाथि कुनै पनि खालको सोधखोजको प्रक्रियासमेत अख्तियारबाट भएको छैन, बाहिर गरिएको प्रचार ब्ल्याकमेलिङका लागि मात्रै हो,’ ती आयुक्तको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनका अनुसार महाअभियोगको विषयलाई अन्यत्र मोड्न र आफू जोगिन कार्कीले त्रास देखाउने योजनाका साथ दलका नेतामाथि अनुसन्धान थालिएको हल्ला चलाएका हुन् । ‘त्रास देखाएर ब्ल्याकमेलिङ गर्न खोजेका हो, यस्तो अथोरिटी कसैसँग छैन, त्यसैले, कार्कीको ब्ल्याकमेलिङ रोक्न आयोग नै बोल्नुपरेको हो,’ ती आयुक्तले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com