दुवै उम्मेदवार निर्णायक राज्यमा केन्द्रित


प्रकाशित मिति : कार्तिक २२, २०७३ सोमबार

अमेरिकाको राष्ट्रपतीय चुनाव आउन दुईदिन मात्रै बाँकी रहँदा दुवै उम्मेदवार हिलरी क्लिन्टन र डोनल्ड ट्रम्प मुख्य राज्य फ्लोरिडामा आफ्नो पक्षमा मत जुटाउन लागि परेका छन्। फ्लोरिडापछि उनीहरुले निर्णायक हुने राज्यहरुमा आफ्नो चुनावी र्याली आयोजना गरिरहेका छन्। मत सर्वेक्षणहरुका अनुसार मुख्य राज्यहरुमा अझै क्लिन्टन अगाडि छिन्।

रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले अब चुनाव आउन दुई दिनमात्रै बाँकी रहँदा डेमोक्र्याटहरुको बलियो पकड रहेको ठानिएका राज्यहरुमा आफ्नो चुनावी र्यालीलाई केन्द्रित गर्ने बताएका छन्। सन् १९७२ यता रिपब्लिकनले जित्न नसकेका राज्यहरु पेन्सिलभेनिया, मिसिगन र मिनेसोटामा ट्रम्पले आफ्नो भ्रमण केन्द्रित गर्नेछन्।
उनले शनिबारबाट चारवटा अनिर्णित राज्यहरुमा आफ्नो चुनावी र्याली थालेका छन् जसको शुरुवात उनले फ्लोरिडा राज्यबाट गरे, जहाँ उनकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले पनि आफ्नो चुनावी अभियान चलाइन्।

ट्रम्पले डेमोक्र्याटहरुको बलियो पकड रहेको मिनेसोटोमा भ्रमण गर्ने योजना गरिरहेका छन् जहाँ रिपब्लिकनहरुले ४० वर्ष भन्दा लामो समयदेखि जित्न सकेका छैनन्।
नभाडा राज्यमा चुनावी र्यालीलाई सम्बोधन गर्ने क्रममा सुरक्षासम्बन्धी केही खतरा देखिएको भन्दै ट्रम्पको सुरक्षामा खटिएकाहरुले उनलाई भित्र कोठामा लगे। तर पछि उनी मञ्चमै फर्किएका थिए। राष्ट्रपति पदमा निर्वाचित हुनका लागि उम्मेदवारहरुले विशेष मतदाता समूह इलेक्टोरल कलेजको २ सय ७० मत पाउनुपर्नेछ।
फ्लोरिडा राज्यमा मात्रै उक्त मतको संख्या २९ छ। क्लिन्टनले फ्लोरिडापछि आफ्नो चुनावी र्याली पेन्सिलभेनियामा गायिक केटी पेरीसँग देखापरेकी थिइन्।स्रोत बिबिसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com