जबर्जस्ती करणी गर्ने विदेशी नागरिक पक्राउ


प्रकाशित मिति : असार २, २०७५ शनिबार

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारमा संलग्न विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले समाज सेवा गर्ने भन्दै नेपालमा आई विपन्न परिवारका बालबालिकालाई ललाई फकाई विभिन्न प्रलोभनमा जबर्जस्ती करणी गर्ने नेदरल्याण्डका ६६ वर्षीय पिट हेन भ्यान टेरविसगालाई बिहीबार ठमेलस्थित सात घुम्तीबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीसँगै रहेको अवस्थामा एक जना नेपाली बालकलाई समेत उद्धार गरेको छ । पक्राउ टेरविसगालाई जबर्जस्ती करणी महलको बाल यौन दुराचार अपराधअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

मुलुकी ऐनअन्तर्गत जबर्जस्ती करणीको महलअन्तर्गत उक्त बाल यौन दुराचार अपराधमा अधिकतम ११ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्तिसमेत भराउने कानूनी व्यवस्था रहेको छ । रासस
–––

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com