अमेरिकामा मुख्य वेभसाइट्हरुमाथि साइबर आक्रमण


प्रकाशित मिति : कार्तिक ६, २०७३ शनिबार

अमेरिकामा मुख्य वेभसाइट्हरुमाथि साइबर आक्रमण भएको छ। वेभक्याम तथा डिजिटल रेकर्डरजस्ता डिभाइसहरुको माध्यमबाट अमेजन, ट्वीटर, पेपल, स्पटिफाईजस्ता प्रसिद्ध वेभसाइटहरुको सम्पर्क विच्छेद गरिएको जनाइएको छ।

शुक्रबार बिहानै ती वेभसाइटहरुमाथि आक्रमण भएको थियो र ती अफलाइन हुन पुगेका थिए। आक्रमणकारीले लाखौँ इन्टरनेट कनेक्टेड डिभाइसमार्फत सुरुमा अमेरिकाको पूर्वी भागमा आक्रमण गरेका थिए भने पछि त्यो अन्य भागमा पनि बिस्तार भएको थियो।

यो इन्टरनेटमाथि भएको अहिलेसम्मकै ठूलो र जटिल आक्रमण भएको जनाइएको छ। दशौँ लाख ठेगानाबाट एकै पटक आक्रमण भएको अधिकारीहरुले जानकारी दिएका छन्। आक्रमणपछि विकिलिक्सले ट्वीट गर्दै आफ्ना समर्थकहरुलाई आक्रमण गर्न आह्वान गरेको थियो। विकिलिक्सका अनुसार साइबर आक्रमणमा विकिलिक्स समर्थकहरुको हात रहेको छ।

‘न्यु वर्ल्ड ह्याकर’ नामक एक समूहले ट्वीटरमार्फत आक्रमणको जिम्मेवारी लिएको छ। कतिपयले यसलाई अझ ठूलो आक्रमणको अभ्यास मात्रै ठानेका छन्। यसपछि इन्टरनेटको सुरक्षाका बारेमा अनेकौँ सवाल खडा भएको विश्लेषण गरिएको छ। अमेरिकी सुरक्षा निकायहरुले सो आक्रमणबारे अनुसन्धान गरिरहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com