आतंक फैलाउन खोज्नेको जरै उखेल्छौँ : गृहमन्त्री बादल


प्रकाशित मिति : बैशाख १३, २०७५ बिहीबार

भक्तपुर। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउनेको जरै उखेल्ने बताउनुभएको छ ।

आज मध्यपुरथिमिस्थित नेपाल–कोरिया मैत्री अस्पताल पुगेर गत शनिबारको सांघातिक आक्रमणमा घाइते हुनुभई उपचार गराइरहनुभएका मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले एउटा समूह देशमा शान्ति सुरक्षामा अवरोध पु¥याउने र आतंक फैलाउने कार्यमा सक्रिय हुन खोज्दैछ । हामी त्यसलाई जरैदेखि उखेल्छौँ ।”

नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेको पहिचान भइसकेको र केही नियन्त्रणमा पनि आइसकेको बताउँदै उहाँले आक्रमणकारी जो कोही भएपनि कारबाही गर्ने दृढता प्रकट गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भेटलगत्तै अस्पताल कार्यकक्षमा सुरक्षा निकायसँग घटनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो । उहाँले सिसी क्यामरामा कैद भएका आक्रमणका दृश्यसमेत हेर्नुभएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल र प्रहरी उपरीक्षक किरण राणाले घटनाका बारेमा जानकारी दिँदै अनुसन्धानका बारेमा भएका प्रगतिबारे मन्त्री थापालाई अवगत गराउनुभएको थियो ।

उहाँले अस्पतालका बारेमा समेत जिज्ञासा राख्नुभएपछि नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाद्वारा सञ्चालित अस्पतालको अवस्था र प्रगतिबारे समेत अवगत गराउनुभएको थियो ।

अस्पतालमा सहभागी नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणबारे जिज्ञासा राखेका थिए । मन्त्री थापाले पार्टी एकीकरण कुनै हालतमा नरोकिने बताउनुभएको थियो । उहाँले जनताको चाहना पार्टी एकीकरण भएर जाने भएकाले जनचाहनाअनुरुप नै दुई पार्टी एक भएर जाने बताउनुभयो ।

जनप्रतिनिधि र प्याब्सनद्वारा दबाब

आजै भक्तपुरका जनप्रतिनिधि र प्याब्सन भक्तपुरले प्रमुख जिल्ला अधिकारी पोखरेललाई भेट गरी जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन तथा नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालको नेतृत्वमा प्रतिनिधिसभा सदस्य महेश बस्नेत, जिसस उपप्रमुख सरिता कुँवर, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले जिल्लामा शान्ति सुरक्षाको प्रत्याभूति दिन र आक्रमणकारीलाई तत्काल पक्राउ गर्न माग गरेको थियो । आजै प्याब्सन भक्तपुरका अध्यक्ष श्रीकृष्ण केसीको नेतृत्वमा गएको प्याब्सनको टोलीले प्रजिअ पोखरेललाई ज्ञापनपत्र दिँदै नगर प्रमुख श्रेष्ठलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरेको छ ।

प्रजिअ पोखरेलले भने आक्रमणकारीको पहिचान भइसकेकाले जुनसुकै कुनामा लुके पनि पक्राउ गरेर कारवाही अगाडि बढाउने आश्वासन दिनुभयो । आक्रमणकारीलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com