चट्याङ लागेर एक युवकको मृत्यु


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

चैत २४, धादिङ । उत्तरी धादिङको रुवीभ्याली–३ सेर्तुङको घट्टटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । शनिबार बिहान ११ बजेतिर पानी परिरहेका बेला घरमै काम गरिरहेका अन्दाजी ३५ वर्षीय सरोज तामाङको चट्याङ लागेर मृत्यु भएको सेर्तुङका दीलिप घलेले बताए ।

तामाङको घटनास्थलमै मृत्यु भएको र अन्य तीन घरमा जडान गरिएका सोलार सिष्टममा पूर्ण रुपमा क्षति पुगेको बताइएको छ ।

घटनापछि सेर्तुङ प्रहरी चौकीबाट गएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरि शव परिवारको जिम्मा लगाएको छ ।

घटनास्थल सदरमुकाम धादिङवेँशीबाट तीन दिनको पैदल दुरीमा पर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com