सलमान खान ५० हजार धरौटीमा रिहा हुने


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

कालोहरिणको शिकार गरेको अभियोगमा दोषी ठहर भई जेल चलान भएका बलिउड अभिनेत सलमान खानलाई जोधपुरको जिल्ला अदालतले शनिबार ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको छ । उनी साझँसम्म जेलबाट छुट्न सक्ने भारतीय संचारमाध्यमले जनाएका छन् ।

करिब बीस बर्ष अघिको कालो हरिण शिकारको मुद्धामा उनलाई बिहिबार जोधपुरको कोर्टले दोषी ठहर्रयाउदैँ पाचँ बर्षको जेल सजाय तोकेको थियो ।

न्यायाधीशले शिकार गरेको विषयमा बिहीबार २ सय १ पृष्ठको लिखित फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो। त्यसपछि सलामान खान थुनामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फैसलामा न्यायाधीशले सलमान खान एक बहुचर्चित कलाकार भएको र उनको अनुसरण सर्वसाधारणले गर्ने बताएका छन् । यसका बाबजुद पनि सलमानले हिरणको शिकार गर्नु गैरकानुनी मात्रै नभएर आम सर्वसाधारणलाई पनि भड्काउने खालको भएको फैसलामा भनिएको छ।

खान ५० हजार रुपैयाँ धरौटी तिरेर रिहा हुने भएका हुन् । उनको जमानी बस्ने दुई जनाले पनि २५-२५ हजार रुपैयाँ धरौटी तिर्ने भएका छन् ।

सलमान खान दुईदिन जोधपुर जेल बसेका छन् । शनिबार साँझ उनलाई जेलबाट बाहिर निकालिने जनाइएको छ । उनी छुटेको भन्दै उनका समर्थकले अदालत बाहिर खुशीयाली मनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com