प्रधानमन्त्री ओलीलाई नेपाली मै स्वागत गरे मोदीले


प्रकाशित मिति : चैत्र २४, २०७४ शनिबार

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालीमा स्वागत गरेका छन् । भेटको पहिलो दिननै एक घण्टा भन्दा बढि भेट गरेका मोदीले शनिवार सामाजिक सञ्जाल ट्विटरबाट नेपालीमा स्वागत गरेका छन् । सोसल मिडियामा सधै सक्रिय रहने मोदीले ट्विटरमा भनेका छन्, ‘छिमेकी मित्र राष्ट्र नेपाल को प्रधानमन्त्री माननीय ओली ज्यू लाई भारतमा हार्दिक स्वागत छ ।’

नेपाली भाषालाई उच्च सम्मान दिदै मोदीले नेपाली मै प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् । आज प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता हुदै छ ।।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com