वर्तमान सरकार इतिहासकै बलियो सरकार भएको प्रधानमन्त्री ओलीको दाबी


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासकै बलियो सरकार भएको बताउनुभएको छ ।

जनताको विश्वास र भरोसाको जनमतले बनेको सरकार भएकोले अब सबै प्रवासी नेपाल फर्कने वातावरण सरकारले बनाउने बताउनुभएको हो । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले शुक्रबार दिल्लीस्थित नेपाली राजदुतावासमा प्रवासीलाई सम्बोधन गर्नेक्रममा यस्तो बताउनुभएको हो  ।

प्रधानमन्त्री ओलीले समानताका आधारमा दुई छिमेकी मुलुकसंग सम्बन्ध प्रगाढ हुने बताउनु भएको बताउनुभयो । उहाले छिमेकीहरुसंगको सहकार्यबाट आर्थिक समृद्धि संभव भएकोले सम्बन्ध पनि पंचशिलताको सिद्धान्तको आधारमा अघि बढ्न बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब समृद्धिको यात्रामा मुलुक अघि बढ्ने दावी गर्दै अब नेपाल बन्नेमा कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com