यस वर्ष खुम्बु क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

चैत २३, सल्लेरी, सोलुखुम्बु । फागुन महिनामा तीन हजारभन्दा बढी पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । सुन्दर पर्यटकीयस्थलका रुपमा रहेको सोलुखुम्बुको खुम्बु क्षेत्रमा गत फागुनमा तीन हजार २४४ जना विभिन्न मुलुकका पर्यटकले भ्रमण गरेका हुन् ।

सबैभन्दा बढी बेलायतका ३५४ जना पर्यटकले खुम्बु भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्ज, जोरसल्ले पोष्टका प्रमुख मिश्रकाजी तामाङले जानकारी दिए । अमेरिकाबाट ३७८, जर्मनीबाट ३०७ र चीनबाट २७० जना पर्यटक खुम्बु भ्रमणमा आएको तथ्यांकमा उल्लेख छ ।

सार्क क्षेत्रबाट ७९ जना र सबैभन्दा कम बंगलादेश, क्रोएसिया, कम्बोडिया, लिथोनियाबाट एकरएक जना आएका छन् । बाह्य राष्ट्रका पर्यटकसँगै सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा नेपालको आन्तरिक पर्यटकको पनि आकर्षण बढेको पोष्टका प्रमुख तामाङले बताए । काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाबाट पनि पर्यटक अवलोकन, अध्ययन भ्रमणमा पुग्ने गरेका उनले बताए ।

२०७२ को फागुन महिनामा १,५९० र २०७३ को फागुन महिनामा २,७१७ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका थिए । सगरमाथा राष्ट्रिय निकुञ्जले विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ३९० र सार्क क्षेत्रका पर्यटकका लागि रु एक हजार ६९५ राजश्व संकलन गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फागुन महिनामा पर्यटकबाट रु ८५ लाख आठ हजार राजश्व प्राप्त भएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चेका सूचना अधिकारी सहायक संरक्षण अधिकृत मानबहादुर खड्काले जानकारी दिए ।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com