आतंकवादलाई सहयोग पुर्याउने १२ लाख ट्विटर एकाउन्ट खारेज


प्रकाशित मिति : चैत्र २३, २०७४ शुक्रबार

आतंकवादसँग सम्वन्धीत कृयाकलापलाइ सहयोग पुर्याउने करिव १२ लाख ट्विटर एकाउन्ट बन्द गरिएको ट्विटरको पब्लिक पोलिसी टिमले सार्वजानिक गरेको छ।

ट्विटरले बिहिवार जारी गरेको बिज्ञप्ती अनुसार हिंसालाइ बढावा दिने र आतंकवादलाइ सहयोग पुर्याउने करिव १२ लाख ट्विटर एकाउन्ट बन्द गरिएको हो। ‘गएको जुलाइ देखि सेप्टेम्वर सम्म मात्र ३ लाख एकाउन्ट बन्द गरिएका थिए। आतंकवादलाइ कम गराउन हामीले थालेको काम सहयोगी देखिएको छ।’ बिज्ञप्तिमा जनाइएको छ।

ट्वीटरले जनाए अनुसार गएको ६ महिनामा बन्द गरिएका ट्विटर एकाउन्टहरु ट्वीटरले आन्तरीक रुपमा पत्ता लगाएका एकाउन्टहरु थिए। ‘यसले गएको वर्ष देखि ट्वीटरमा आतंकवादलाइ सहयोग पुर्याउने कृयाकपालहरु पनि घटेको देखिएको छ।’

ट्वीटरले हिंसात्मक तथा आतंकवाद गतिविधिसँग सम्वन्धी रहेको थाहा पाउन साथ एकाउन्ट डिलिट गर्ने गरेको थियो। आतंकवादी गतिविधीका लागी ट्वीटर बढी प्रयोग हुने गरेको बताउँदै गएका केहि वर्ष देखि बिभिन्न देशका अधिकारीहरुले ट्वीटरलाइ यस्ता एकाउन्टहरु नियन्त्रण तथा बन्द गर्न दवाव दिदै आइरहेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्वीटरले आफ्नो बिज्ञप्तीमा अगाडी बताएको छ ‘तर यस्तो कामले ब्यक्तिको अभिब्य्कतीको स्वतन्त्रमाथी पनि खतरा निम्त्याउन सक्छ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com