एआईजीको श्रीमती बनेर एक करोड पच्चीस लाख ठग्ने युवती पक्राउ
प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार
चैत २२, काठमाडौं । आफूलाई राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत् एआईजीको श्रीमती बताएर नेपाली सेनाका बहालवाला कर्मचारीलार्इ ठग्ने युवती पक्राउ परेकी छिन् ।
सेनाका कर्मचारीलाई शान्ति सेनामा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा आफूलाई एआईजीको श्रीमती बनाउने तनहुँकी ४० वर्षीय यमुना खड्का, सेनाको बहालवाला जर्नेलको पिए भएको बताउने लमजुङकी २८ वर्षीय मोहन दुरा र कास्कीका ३९ वर्षीय रमेश कुमाल रहेका छन् ।
उनीहरुले राष्ट्रिय अनुसन्धान विभागका सिपाहीका लागि प्रति व्यक्ति दुई लाख रुपैयाँ, सेनाको सेकेण्ड लेफ्टिनेन्टका लागि ७ लाख रुपैयाँ, शान्ति सेनामा पठाउनका लागि दुई लाख तथा पोल्याण्ड लगायतका अन्य देश पठाउनका लागि १ लाख ५० हजार रुपैयाँका दरले एक करोड पच्चीस लाख रकम असुल्ने गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।






