यू-१९ का कप्तान अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टसमा आबद्ध


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

नेपाली यू–१९ राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर अर्पण कार्की माल्दिभ्सको क्लब जेजे स्पोर्टससँग आबद्ध भएका छन्।

आगामी ९ अप्रिलबाट सुरु हुने माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्नका लागि उनी माल्दिभ्सको राजधानी माले पुगिसकेका छन्। अहिले उनलाई प्रशिक्षणमा सहभागी गराईएको छ ।

अर्पणले माल्दिभ्समा गएर लिग खेल्न पाउँदा आफ्नो खेल करिअरले उचाइ लिने विश्वास गरेका छन्। ‘अनुभव र केही नयाँ सिक्नका लागि यहाँ आएको हुँ’,अर्पणले भने, ‘जेजे स्पोर्टसले मलाई ठूलो मौका दिएको छ। यहाँ आउँदा आफूलाई भाग्यमानी ठानेको छु।’

दोस्रो डिभिजनको लिग सिजन २ महिनासम्म चल्नेछ। लिगमा अर्पण आबद्ध जेजे स्पोर्टससँगै ९ वटा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन्। उनी सिजनभरिका लागि आबद्ध भएका हुन्। सम्झौता रकम भने खुलाइएको छैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो सिजन नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङले पनि माल्दिभ्सको पहिलो डिभिजनको क्लब टिसी स्पोर्टसबाट खेलेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com