खाना पकाउँदै गरेकी बालकुमारीको चट्याङ लागेर मृत्यु


प्रकाशित मिति : चैत्र २२, २०७४ बिहीबार

चैत २२, खोटाङ, । चट्याङ लागेर खोटाङको छुट्टाछुट्टै ठाउँमा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ का ६२ वर्षीय सम्बरबहादुर दाहाल र साकेला गाउँपालिका–२ की ५५ वर्षीया बालकुमारी खत्रीको मृत्यु भएको हो भने उनका पति प्रेमबहादुर खत्री घाइते भएका छन् ।

घरैमा बसिरहेको अवस्थामा बुधबार दिउँसो पानीसँगै परेको चट्याङ लागेर बेहोस बनेका दाहाललाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको स्थानीयवासी गंगाबहादुर विश्वकर्माले बताए। यस्तै, घरपरिवारलाई खाजा पकाउँदै गरेकी खत्रीको भान्छा कोठामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।

उपचार गराउन लैजानेक्रममा बाटैमा मृत्यु भएका दाहालको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङमा राखिएको छ भने खत्रीको शव ल्याइँदै गरिएको प्रहरीले जनाएको छ । घाइते प्रेमबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुवैजनाको घरैमा परेको चट्याङले अन्य क्षति भने नगरेको स्थानीयवासीले बताएका छन् । चट्याङका दृष्टिले खोटाङ अति जोखिममा रहेको मानिए पनि अहिलेसम्म प्रतिरक्षाका लागि कुनै पहल गरिएको छैन । रासस

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com