मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदाको काजकिरिया ५ दिन मात्रै हुने


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

चैत २१, काठमाडौं – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठकी जीवन संगीनी यशोदा सुवेदीको सोमबार राति निधन भयो । सोमबार निधन भएकी यशोदाको मंगलबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरियो । यशोदाको निधनले कलाकार मदन कृष्ण श्रेष्ठलाई मात्रै हैन मदनकृष्णका प्रशंसक र नेपाली सिनेमा उद्योग र सञ्चार जगतलाई नै स्तब्ध बनाएको छ ।

अन्त्येष्टिका बेला यशोदालाई छोरा यमन श्रेष्ठले दागबत्ती दिएका थिए । मंगलबार पशुपति आर्यघाटमा यशोदाको दाहसंस्कार गरेपछि मदनको परिवार सुनाकोठीमा रहेको निवासमा फर्कियो, जहाँ यशोदाको काजकिरिया भइरहेको छ ।

मदनकृष्णले चलिआएको १३ दिने क्रिया बस्ने परम्परालाई परिवर्तन गर्ने हुनुभएको छ । यशोदा सुवेदीको काजकिरिया १३ दिन नभई ५ दिन गरिने भएको छ । पारिवारिक सल्लाहमा यो निर्णय लिइएको श्रेष्ठको पारिवारिक स्रोतले जानकारी दिएको छ । कलाकारहरु समाज परिवर्तनका संवाहक पनि हुन् । श्रेष्ठ परिवारको यो कदमले मृत्यु संस्कारको १३ दिने कर्मलाई छोटो बनाउन अभियान चलाई रहेकाहरुलाई पनि सहयोग पुर्याएको छ ।

१३ दिने मृत्यु संस्कारलाई अरुले पनि परिवर्तन गर्न यो अनुकरणीय उदाहरण बन्ने भएको छ । श्रीमतीको निधनले विक्षिप्त हुनुभएको मदनले मंगलबार राति भावुक हुँदै सामाजिक सञ्जालमा एउटा स्ट्याटस पनि लेख्नुभएको छ । उहाँले यशोदालाई सम्झिदै लेख्नुभएको छ –

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैले माया मारेर के भो
तिमी छँदैछौ नि मलाई प्यार गर्ने
तिमीले पनि माया दिन नभ्याउँदा
आँसु छँदैछ नि मलाई स्यार गर्ने

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com