यातायात सिन्डिकेटको पक्ष/विपक्षमा आन्दोलन र अडान, यस्तो छ तयारी


प्रकाशित मिति : चैत्र २१, २०७४ बुधबार

भागवत भट्टराई

मयुर यातायात प्रालिले लिएको सुविधासम्पन्न गाडीलाई बनेपासम्मको रुट परमिट दिएको विरोधमा कोटेश्वर पूर्वका १३ वटा यातायात समितिले बुधबार सेवा बन्द गरेका छन्। समितिको १४ चैतमा गरिएको निर्णय अनुसार बुधबार १३ यातायात सिमितिका गाडी बन्द छन्। सहमित अनुसार बिहानदेखि सिमिती अन्तर्गतका गाडी बन्‍द गरिएको काभ्रे मिनीबस समितिका अध्यक्ष राजुसुन्दर सैजुले बताए।

‘हामीले चैत १४ गते बिहानैदेखि यातायात बन्द गरेका छौँ’ सैजुले थाखाखबरसँग भने। मयुर लगायतका केही यातायात भने निर्वाध  रुपमा चलेको ट्राफिक कार्यलयले जनाएको छ। ‘मयुर  टाटा सुमो र निजी गाडीहरु चलिरहेका छन् समस्या देखिएको छैन’ इन्सपेक्टर सुनिलजंग शाहाले भने। यातायातात व्वस्था विभाग आफ्नो निर्णयबाट पछि नहट्ने संकेत गरेपछि बिहीबारबा६ भने गाडी सुचारु गर्ने निर्णय यवसायीहरुले गरेका छन्।

बुधबारसम्मको लागि विभिन्न किशिमका विरोधका कार्यक्रम राखेकोमा मंगलबार बसेको बैठकले थप विरोधका कार्यक्रमको सूची तयार पार्ने बताइएको थियो तर अब के गर्ने र् भन्ने निर्णय नेपाल यातायात राष्ट्रिय यवसायी महासंघले गर्ने भन्दै सुचारु गर्ने बताएका हुन्। महासंघले भने आधिकारिक जानकारी नभएको र जानकारी पछि मात्रै के गर्ने भन्ने विषयमा धारणा बनाउने महासंघका अध्यक्ष योगेन्द्र शाक्यले बताए।

महासंघले यातायात व्यवस्था विभागले सार्वजनिक गरेको यातायात निर्देशिको विषयमा धारणा बनाउन २६ चैतमबा बैठक बोलाएको छ। ‘हामीले मिडीयाबाट निर्देशिका जारी भएको भन्ने विषयमा जानकारी पाएका छौँ यस विषयमा महासंघ परिषदको बठैकबाट धारणा बनाउछौँ’ अध्यक्ष कर्मचार्यले थाहाखबरसँग भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘दबाब सामना गछौँ पछिहट्दैनौ’

यातायात व्यवस्‍था विभागका महानिर्देशक रुपनारयाण भट्टराईले जस्तो सुकै दाबद सामना गर्ने पनि विभाग तयार रहेको बताएका छन्। उनले आफू निर्णयबाट पछि नहट्ने बरु राजिनामा दिने बताए। ‘मैलेमातहतका सबैसँग समन्वयन गरेर काम गरेको छु, आन्दोलन गर्नेलाई कारबाही हुन्छ तर हामी निर्णयबाट पछिहट्दैनौ’ महानिर्देशक भट्टराईले भने।

उनले ऐनमा भएको व्यवस्था कार्यन्वयन गराउन आफू केन्द्रित हुने बताउँदै मन नपरे अदालत जानको लागि आग्रह समेत गरेका छन्। ‘नियममा भएको कुरा कार्यनव्‍यन हामीले गराउने हो मन नपरे अदालत भए हुन्छ’ भट्टराइले भने सबै क्षेत्रमा छनोट हुने यो कस्तो छेत्र छनोट नै गर्न नपाइने।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com