लुम्बिनी गुरुयोजनाको ८० प्रतिशत काम पूरा


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

विश्वमा शान्तिको सन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकीकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरुयोजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँच वर्षभित्र काम पूरा हुने भएको छ ।

गुरुयोजनाको हालसम्म करिब ८० प्रतिशत काम सकिएको छ । गुरुयोजनामा उल्लेख गरे अनुसार पवित्र जोन, अन्तर्राष्ट्रिय बिहार क्षेत्र, केन्द्रीय नहर, लिङ्क पोन्ड, सङ्ग्रहालय लगायतका संरचनाको काम पूरा भएकाले आगामी पाँच वर्षभित्र गुरुयोजनाको काम पूरा हुने लुम्बिनी विकास कोषले जनाएको छ ।

गुरुयोजनाको काम सम्पन्न गर्न छ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको कोषका सदस्यसचिव अजितमान तामाङले बताए । उनले कोषले माग गरेअनुसार सरकारले रकम विनियोजन गर्दै गए पाँच वर्षभित्र गुरुयोजना पूरा गर्न कुनै समस्या नआउने बताए ।

जापानका वास्तुकलाविद् प्रोफेसर केन्जो टाङ्गेले १९७८ मा तयार गर्नुभएको गुरुयोजनाले कल्पना गरेअनुसार लुम्बिनी सुन्दर र भव्य देखिन थालेको छ । पछिल्ला वर्षमा लुम्बिनी गुरुयोजनाका महत्वपूर्ण संरचनाको निर्माणकार्य धमाधम हुन थालेको लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनले बताए। चार भागमा विभाजित लुम्बिनी गुरुयोजनाको पवित्र उद्यान क्षेत्रमा निर्माणको काम करिब सकिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखरीको वरिपरि रहेको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने ससाना रूख रोप्ने काम सकिएको छ । पोखरीको डिलमा बनेको परिक्रमा पथमा इँटा छाप्ने काम पनि पूरा भएको छ । शान्तिदीप र परिक्रमा पोखरी जोड्ने दुईवटा पोखरी र त्यसको छेउमा आकर्षक मिनी पर्यटक सूचना केन्द्र बन्दैछ । यसलाई सिम्बोलिक पेभिलियन नाम दिइएको छ ।

पर्यटकका लागि खानेपानी, शौचालय र विश्राम केन्द्रको व्यवस्था यो पेभिलियनमा गरिनेछ । लुम्बिनीभित्र यस्ता पेभिलियन आठ जोडी बन्नेछन् । एउटा पेभिलियन निर्माणका लागि दुई करोड रुपियाँ खर्च लाग्ने अनुमान छ । पूर्वी बिहार क्षेत्रमा १३ वटा थेरवाद बुद्ध धर्म मान्ने मुलुकहरूले आकर्षक बिहारको निर्माण कार्य हुँदैछ भने अधिकांश पूरा भएका छन् । पश्चिमी बिहार क्षेत्रमा बिहार निर्माणको काम जारी छ । २९ मध्ये २६ वटा मुलुकले बिहार निर्माण गरिरहेका गोरखापत्रमा खबर छ ।

गुरुयोजनाअनुसार लुम्बिनीमा बन्न लागेका अन्य केही ठूला आयोजनामा शान्ति स्तूपाको दुवैतिर विशाल खानेपानी ट्याङ्की, फोहोरबाट सञ्चालित बायोग्यास प्लान्ट, सङ्ग्रहालय शैलीमा आठवटा भवन, अन्तर्राष्ट्रिय मापदण्डका अत्याधुनिक शौचालय आदिको निर्माण हुने कोषले जनाएको छ । लुम्बिनी ग्राममा अहिले प्रशासनिक भवन तथा पर्यटक सूचना केन्द्रको निर्माण गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com