प्रधानमन्त्री प्रचण्ड दिल्ली प्रस्थान


प्रकाशित मिति : आश्विन २९, २०७३ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ब्रिक्स देशहरुको शिखर सम्मेलन तथा बिमस्टेक देशहरुको आउटरिच सम्मेलनमा भाग लिन आज(शनिबार) बिहान ८ बजे नेपाल एयरलाइन्सको २०५ को उडानबाट दिल्ली प्रस्थान गरेका छन्। शनिबार र आइतबार दुई दिनसम्म हुने सम्मेलनमा चिनियाँ राष्ट्रिपति सी जिनपिङसँगको भेटवार्तालाई प्राथमिकतामा राखेर प्रम दाहाल १५ सदस्य टोलीसहित आज गोवा प्रस्थान गरेका हुन्।

दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा साढे नौ बजे उत्रेपछि प्रधानमन्त्री दाहाल भारत सरकारले व्यवस्था गरेको विशेष विमानमा बिहान ११ बजे गोवा प्रस्थान गर्नेछन्। भारतको गोवामा हुने उदयमान शक्ति राष्ट्रहरु ब्राजिल, रसिया, भारत, चीन, दक्षिण अफ्रिका (ब्रिक्स) को आठौँ शीखर सम्मेलनमा पर्यवेक्षकको रुपमा नेपालले सहभागिता जनाएको छ। साथै गोवामा एकैपटक राखिएको बंगालका खाडीसम्वद्ध देशहरुको संगठन बिमस्टेक र ब्रिक्सको आउटरिच सम्मेलनमा नेपाल बिमस्टेकको सदस्य राष्ट्रको हैसियतमा सहभागी भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य तथा सचिवालय सदस्य मनोहरि तिमिल्सिनाका अनुसार गोवा जाने टोलीमा प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री प्रकाशरण महत, परराष्ट्र सचिव शंखरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार ऋषि अधिकारी, शिष्टचार महापाल दिपक अधिकारी, स्वकीय सचिव प्रकाश दाहाल, सचिवालय सदस्य मनोहरि तिमिल्सिना, निजी चिकित्सक डा.युवराज शर्मा लगायत १५ जना रहनेछन्। राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका एक एक जना संवाददाता पनि टोलीमा समावेश गरिएको छ।

गोवामा दुई दिन रहंदा प्रम प्रचण्डको चिनियाँ राष्ट्रपति सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मलाई भेट्ने कार्यसूची तय भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com