प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता हुने


प्रकाशित मिति : आश्विन २०, २०७३ बिहीबार

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ । ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड २९ असोजमा गोवा जाँदैछन् । त्यही दिन चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनिया राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।

‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ’,परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार सञ्चारकर्मीसँग भने,‘दुईपक्षीय हितको विषयमा छलफल हुनेछ।’ सो भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणका लागि आग्रह गर्ने बुझिएको छ ।

चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कूटनीतिक च्यानलमा चर्चा चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहितको टोली गोवा जानेछ । त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वसँग पनि भेटवार्ताका लागि पहल भएको परराष्ट्र स्रोतले बताएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com