दसैँ मनाउन दश लाख उपत्यका बाहिरिए


प्रकाशित मिति : आश्विन १९, २०७३ बुधबार

दसैँको मुख्य दिन नजिकिँदै जाँदा विभिन्न पेसा र व्यवसायमा संलग्न भई उपत्यकामा बसोबास गर्ने मानिस बाहिरिने क्रम बढेको छ । असोज १५ गते घटस्थापनापछि १० हजार भन्दा बढी सवारी साधनमा १० लाख यात्रु उपत्यकाका पाँच वटा नाकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले राससलाई जानकारी दिए ।

‘थानकोट, ककनी, साँखु, फर्पिङ, साँगा गरी पाँचवटा नाकाबाट दैनिक बाहिरिनेको सङ्ख्या बढेको छ, यात्रुबाहक सवारी, जीपलगायत ठूला सवारी नै १० हजार नाघेका छन्, यसमा मोटरसाइकलको अभिलेख छैन,’ उनले भने । उपत्यका बाहिरिने यात्रुले भने सहज रुपमा सवारी पाउन नसकेको गुनासो गरेका छन् । दाङ जाने टिकटका लागि पटक–पटक प्रयास गर्दा पनि नपाएपछि यस वर्ष दसैँमा घर जान पाउने/नपाउने टुङ्गो नलागेको यात्रु श्याम घिमिरेको गुनासो छ ।

सरकारले उपत्यकामा निजामती कर्मचारी, निजी विद्यालयका विद्यार्थी बोक्ने सवारीलाई पनि दसैँमा उपत्यका बाहिर पठाउने तयारी गरेकामा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा यातायात व्यवसायीले ग्यारेजमा थन्किएका सवारी सञ्चालन गर्ने सहमति जनाए पनि सवारी पाउन नसकिएको यात्रुको गुनासो छ ।

यातायात व्यवसायीले अन्य सवारी चलाउन पनि नदिने आफ्ना सवारी पनि नचलाएर दुःख दिने गरेको यात्रु घिमिरेको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला भने सडक जीर्ण भएर सवारी जाममा परेकाले यात्रुले दुःख पाएको बताउँछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com