‘नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको विरुद्धमा’


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का सदस्य राष्ट्रको सहमतिमा चाँडो शिखर सम्मेलनका लागि नेपालले भूमिका निर्वाह गरिरहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबारआयोजना गरेको अन्तरक्रियामा मन्त्री डा महतले सार्क सम्मेलन स्थगित भएपछि सरकारले सार्क राष्ट्रको अध्यक्षको नाताले सबैलाई सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिए ।

सार्कको बडापत्रमै सबैको सहमतिमा मात्रै सम्मेलन हुने व्यवस्था भएकाले सबै सदस्य राष्ट्रबीच सहमति हुनु अनिवार्य आवश्यक रहेको जानकारी दिँदै उनले भने, ‘चाँडोभन्दा चाँडो सबैको सहभागिता निश्चित हुने गरी सम्मेलन गर्न वातावरण बनाउन हामी पहल गर्छौं ।’ नेपाल अन्तर्राष्ट्रिय आतङ्कवादको विरुद्धमा रहेको बताउँदै उनले नेपालले एउटाको भूमि अर्कोको विरुद्धमा प्रयोग गर्न नहुनेमा जोड दिए ।

मन्त्री डा महतले नेपालले भारत तथा चीन दुवैसँग सन्तुलित व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्दै हामीले राष्ट्रियता र राष्ट्रिय स्वार्थको विषयमा कसैसँग पनि कुनै सम्झौता गरेका छैनौँ, भने । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणको क्रममा नेपाल र भारतका दुवै राष्ट्रप्रमुखले निकालेको संयुक्त विज्ञप्ति कूटनीतिक रुपमा महत्वपूर्ण रहेको बताउँदै केही दलले उक्त विज्ञप्तिले राष्ट्रियता र राष्ट्रिय स्वार्थमा आँच आएको भनेर टिप्पणी गरेकामा चिन्ता गरे ।

उनले संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने क्रममा आफूले संविधान लोकतान्त्रिक, समावेशी रहेको विषयमा जोड दिएको जानकारी दिँदै संविधानमा असन्तुष्ट पक्षको भावना समेट्न संशोधनका लागि छलफल भइरहेको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com