केसीको स्वास्थ्य जटिल बन्दै


प्रकाशित मिति : आश्विन १८, २०७३ मंगलबार

आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए ।

मुटूको चाल गडबड भएर मुटूले काम गर्न छोड्यो भने डिसि सक मेसिनद्वारा झटा दिएर मुटू चलाइन्छ भने भेन्टिलेटर कृत्रिम रुपमा स्वासप्रसाव गराउने आइसियुको अत्यावश्यक यन्त्र हो । रगतमा अक्सिजनको स्तर ९० भन्दा माथि हुनु पर्नेमा डा.केसीमा ७० सम्म झरेको देखिएको छ ।

सातौं अनसनताका देखिएको मुटूको समस्या (भेन्ट्रिकुलर ट्रैकिकार्डिया) लाई प्रबन्धन गर्नु हालको चुनौति भएको छ । लामो समयसम्म उक्त समस्या देखिए मुटूले काम गर्न छोड्न सक्ने स्थिति (कार्डियाक एरेष्ट) समेत देखिन सक्छ । केसीलाई रिंगटा लाग्ने समस्या देखिएको छ भने उनको पिसाबमा एसिटोन देखिइ सकेको छ । उनलाई मांसपेशी र छाती दुख्ने समस्यासमेत देखिएको कान्तिपुरमा खबर छ । छातीको दुखाइ धेरै भएपछि शुक्रबारदेखी नै उनलाई अक्सिजन दिन थालिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com