अरुका झोले कार्यकर्ता हुने दिन गए मधेसीमुस्लिम युवाका


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

– मुन्ना समशुल हक 
एघारौं राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको कूल जनसंख्यामध्ये मुस्लिम समुदायको जनसंख्या ४ दशमलव ४ प्रतिशत छ । जसमध्ये ९० प्रतिशत भन्दा बढी मुस्लिम मधेशमा नै बसोबास गर्छन् । मधेसी समुदाय भित्रको मुस्लिम जनता अहिले सम्म पनि ठुला तथा छेत्रीय राजनीतिक पार्टीहरूको मोहरा को रुपमा मात्रै प्रयोग हुँदै आए, यद्यपी, नेपालमा मुस्लिम समुदायको जीवनस्तरमा सोचे जत्तिको सुधार हुन सकेको छैन । तिनको सामुदायीक बिकास तथा जीवनस्तर सुधारका लागि कुनै पनि छेत्रबाट बिशेष योजनाहरु ल्याइएको छैन। भोट माग्ने बेलामा ठुलाठुला सपना बांड्ने नेताहरु चुनाव पछी भने आफ्नो अनुहार लुकाइ हिंड्ने गर्छन् । समस्या पर्दा स्थानिय स्तरमा समेत सुनिदिने कोही हुँदैन । के मुस्लिम समुदायलाई यसरी नै सधैं भोट बैंकको रूपमा मात्र प्रयोग गरिराख्न सकिन्छ ? अनी मुस्लिम समुदाय पनि यसरी नै युज एण्ड थ्रो भईराख्ने हुन ? पक्कै होइन ।

मधेशका मुस्लिम जनतामा पनि अब राजनीति चेतना बढदो छ, बिशेषगरी मुस्लिम युवा जमात अब कसैको बहकावमा लागेर राजनीति गर्ने भन्दा पनि सहिगलत छुट्याएर राजनीतिक छेत्रमा आफ्नो उपस्थिती जनाउन अगाडि आउँदै छन । बिगतमा काङ्रेशएमाले ले मुस्लिम र थारु समुदायका केही नेतालाई आफ्नो प्रभावमा पारी सम्पूर्ण मधेसी समुदायमा बिग्रह ल्याउन खोजेको कुराको अहिले भन्डाफोर भईसकेको छ। अहिले सम्पूर्ण मधेसीको आन्दोलन एउटै छनामुनी चलिराखेको छ ।

भित्री मधेश र समथर तराइ फांट भएको निश्चित भुगोल ूमधेशू मा बसोबास गर्ने सम्पूर्ण मधेसी चाहे ती मुस्लिम होउन या हिन्दू, आदिबासी थारु अनी बर्षौं पहिले पहाडबाट मधेश झरेका जसको सर्वस्व नै अब मधेशमा छ, अब ती पहाडी समुदायका ब्यक्तिहरु पनि आफुलाई मधेसी भन्नमा गर्व गर्न थालेका छन । यसलाई मधेश आन्दोलन बाट पाएको ठुलो उपलब्धी कै रुपमा लिनुपर्दछ, जसले गर्दा मधेशका सबै समुदायलाई एउटै छानामुनी ल्याउन सफल भयो ।

नेपालको राजनीतिक मन्चमा अब ठुला पहुंच भएका नेता तथा पार्टीका झोले कार्यकर्ता मात्र भएर सम्पूर्ण जीवन समर्पण गर्ने युगको अन्त्य भईसकेको छ । अब आफ्नो छमता र दक्छता ब्रिद्धी गरी निर्णायक तहमा आफ्नो स्थान सुनिस्चित गर्ने राम्रो बातावरण तयार भएको छ । त्यसैले सम्पूर्ण मुस्लिममधेसी युवा साथीहरुलाई आग्रह गर्न चाहन्छु कि तपाईं पनि आफ्नो अध्ययन शिप दक्षता अभिबृद्धि गर्नेतिर पहिले बिचार पुर्‍याउनुस् । तब मात्र तपाईंले राज्यका बिभिन्न छेत्रमा आफ्नो समानुपातिक समावेशी प्रतिनिधित्वको अवसर प्राप्त गर्न सक्नुहुनेछ र त्यस्पछी बल्ल तपाईंले समाजमा सकारात्मक परिवर्तनका लागि आफ्नो समाज र देशप्रती योगदान पुर्याउन सफल हुनुहुनेछ । यसका लागि अहिले देखी नै सम्पूर्ण मुस्लिम युवा साथीहरुलाई बधाई ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com