नेपाली कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलबारसम्म राज्यमन्त्री थपिने छन् ।
कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन । केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् । राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् ।
खासगरी गृह राज्यमन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् । वर्तमान गृहमन्त्री विमलेन्द्र निधि मन्त्रालयको काममा भन्दा अन्य काममा बढी व्यस्त हुने भएकाले गृहराज्य मन्त्रीले धेरै अधिकार पाउने आशामा पनि उनीहरु गृह राज्य मन्त्रीका लागि दौडधुप गरिरहेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।