मेलबर्नमा कार जोताइँदा १४ घाइते


प्रकाशित मिति : पुस ६, २०७४ बिहीबार

अष्ट्रेलियाको मेलबर्न शहरमा रहेको एक व्यस्त चोकमा मानिसहरुको भीडमा जानीजानी एउटा कार जोताइँदा कम्तीमा १४ जना घाइते भएका छन्।

सो कार भीडमा जोताएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सो कारका चालक र अर्का एक पुरुष छन्।

भिक्टोरिया प्रहरीका अनुसार शहरको मध्यभागमा रहेको एक व्यस्त सडक फ्लिन्डर्स स्ट्रिटमा सो कार कैयौँ मानिसहरुको भीडमा लगेर ठोक्काइएको हो।

प्रहरीका एक प्रवक्ता रुसेल बारेटले हिरासतमा लिइएका ती चालक अफगानी मूलका अष्ट्रेलियाली नागरिक भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले लागू ‍औषधको प्रयोग गर्ने गरेको र उनमा ‘मानसिक समस्या’ रहेको बताए।

‘अनुसन्धान’

सो घटनाको दृष्य कैद गरिरहेका अर्का व्यक्तिले चक्कुहरुले भरिएको झोला बोकिरहेका थिए।

बारेटले सो घटना जानीजानी गराइएको विश्वास आफूहरुलाई लागेको र त्यो आतंकवादसँग सम्बन्धित घटना भए-नभएको भनेर टिप्पणी गर्न एकदम चाँडो हुने बताए।

घटनाको उद्देश्यबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

एक बच्चासहित घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

सामाजिक संजालको वेबसाईट ट्वीटरमा एक सन्देश लेख्दै अष्ट्रेलियाका प्रधानमन्त्री माल्कम टर्नबुलले घटनाबारे अनुसन्धान शुरु भएको बताउँदै घाइते र तीनका परिवारजनप्रति सहानुभूति प्रकट गरेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com