भीडमाथि रबरका गोली प्रयोग नगर्न सुझाव


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

एउटा अन्तर्राष्ट्रिय अध्ययनले घातक परिणाम निम्त्याउन सक्ने भन्दै भीड नियन्त्रणका लागि रबरको गोलीको प्रयोग गर्न नहुने निचोड निकालेको छ।

अनुसन्धानकर्ताहरुले यसबारे तत्कालै अन्तराष्ट्रिय तहको मापदण्ड ल्याउन सुझाव दिएका छन्।

‘ब्रिटिस मेडिकल जर्नल’मा छापिएको उक्त अनुसन्धानले तीन दशकसम्म विभिन्न देशहरुमा भएका घटनाका प्रमाणसहित अध्ययन गरेको थियो।

त्यसबाट रबर वा प्लास्टिकको गोलीबाट चोट लागेका तीन प्रतिशत व्यक्तिहरुले ज्यान गुमाएको फेला परेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घातक

थप १५ प्रतिशत व्यक्तिहरु स्थायी रुपमा अशक्त बनेका थिए।

भीड नियन्त्रणका अरु विधि जस्तै अश्रु ग्यास, पानीको फोहराको प्रयोग लगायतले पनि गम्भीर चोट पटक लगाउन सक्ने भन्दै अनुसन्धानकर्ताहरुले अन्तर्राष्ट्रिय मापदण्ड तय गरिनुपर्ने निष्कर्ष निकालेका छन्।

खासमा रबरका गोली प्रहार प्रदर्शनकारीलाई तितरवितर पार्न प्रयोग गरिने गैरघातक विधि मान्ने गरिँदै आएको छ।

नेपाल प्रदर्शन

ब्रिटेनले विकास गरेको यो विधि सबैभन्दा शुरुमा सन् १९७० को दशकमा नर्दन आयरलण्डमा प्रयोग गरिएको थियो।

भारत, टर्की, इजरेल र प्यालेस्टाइनका बैज्ञानिक प्रतिवेदनहरुको अनुसन्धानले रबर वा प्लास्टिकका गोलीका कारण चोटपटक लागेका मध्ये तीन प्रतिशतको मृत्यु भएको देखाएको छ।

अनुसन्धानकर्ताहरुले भनेका छन्, शत प्रतिशत परिणाम नदिने र गम्भीर चोटपटक एवं मृत्युसम्मका घटनालाई ख्याल गर्दै भविष्यमा भीड नियन्त्रणका लागि रबरका गोलीहरुको प्रयोग गर्नु हुँदैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com