ड्यालसका नेपालीहरु यसरी झुमे साहित्यिक माहौलमा 


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे ।

श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार तथा साहित्यकार तारा बराल र बिटु केसी बराललाई सम्मान गरिएको थियो । युलेसस्थित फिसटेल रेष्टुरामा आयोजना गरिएको चौथो श्रष्टा साँझमा झण्डै दुई दर्जन साहित्यानुरागीहरुले कविता, मुक्तक, गजल वाचन गरेर आइतबारको साँझलाई रोमाञ्चक बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि पत्रकार तथा साहित्यकार तारा बरालले नेपालीहरु संसारमा जहाँ पुगेपनि आफ्नो भाषा संस्कृतिलाई भुल्न नसक्ने उल्लेख गर्दै प्रवासमा रहेका नेपाली समुदायले पनि भाषा संस्कृतिमा योगदान गरिरहेको बताए ।

कार्यक्रमको सुरुमा आयोजक प्रभात दीक्षितले सहभागीहरुलाई स्वागत गरेका थिए । दीक्षितले कार्यक्रमको बारेमा समेत प्रकाश पारेका थिए ।
नियमित रुपमा गर्दै आएको श्रष्टा साँझका बारेमा बेदनिधि दाहालले प्रकाश पार्दै नेपाली भाषीहरु अहिले संसारका ७० देशमा रहेको र प्रवाशबाट पनि भाषा साहित्यको विकासका लागि ठूलो योगदान भैरहेको स्मरण गरे ।

इरा आचार्यद्वारा सञ्चालित सो कार्यक्रममा स्थानीय साहित्कारहरु विजयराज भट्टराई, बाल जोशी, राधाकृष्ण काफ्ले, डा. नन्द रेग्मी, बासु अधिकारी, पवन लामिछाने, ओजश्वी अर्याल, खेमराज गैह्राघरे, ज्योति पाण्डे, बलायर प्रत्याशी, बिटु केसी बराल, ओम श्रेष्ठ, शैलेस आचार्य र प्रमुख अतिथि तारा बरालले आफ्नो रचना वाचन गरेका थिए ।
साहित्यकारहरुले आफनो रचना मार्फत माहौललाई निकै रोमाञ्चक बनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रमको दोस्रो शत्रमा पत्रकार तथा साहित्यकार बरालसँग प्रवासको नेपाली पत्रकारिता, नेपालको पत्रकारिताका बारेमा छलफल भएको थियो । एनआरएन अमेरिकाका मिडिया कोअर्डिनेटर बाल जोशीले सञ्चालन गरेको कार्यक्रममा पत्रकार बरालले आफ्नो पत्रकारिताको सुरुवाती अवस्थादेखि प्रवासको पत्रकारिताको विवेचना गरेका थिए । बरालले प्रवासको पत्रकारिताले नेपाली समुदायलाई सुसूचित गर्ने मामिलामा ठूलो गुन लगाएको चर्चा गरे ।

श्रष्टा मञ्चले आवधिक रुपमा नेपाली भाषाका स्थानीय अनुरागीहरुलाई भेला गराएर सप्ताहन्तका साँझलाई रोमाञ्चक बनाउँदै आएको छ । आगामी दिनमा साहित्यिक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा अघि बढाउने आयोजकहरुले त्यस अवसरमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com