सू चीकै स्वीकृतिमा रोहिंज्यामाथि दमन


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

संयुक्त राष्ट्रसंघको मानवअधिकार निकायका प्रमुखले म्यानमारकी नेतृ आङ साङ सू चीले त्यहाँका अल्पसंख्यक रोहिंज्या मुसलमानहरुमाथि दमन गर्न स्वीकृति दिएको आफूलाई लागेको बताएका छन्।
सैन्य कारबाहीले हजारौंको ज्यान गएको र लाखौं मानिसहरु विस्थापित बनाएकोले उक्त निर्णय उच्च स्तरमा लिइएको हुनसक्नेमा जेड राड अल हुसेनले जोड दिएका छन्।

उनले आफूले सू चीसँग हिंसा तीब्र रुपमा फैलनुअघि नै गएको अगष्टमा रोहिंज्याविरुद्ध सैन्य कारबाही अन्त्य गर्न कुरा गरेको बताए।

उनले म्यानमारका नेताहरुले आम नरसंहारको अभियोग खेप्नसक्ने पनि चेतावनी दिएका छन्।

आह्वान

नरसंहारको कार्य भएको हो कि होइन भन्ने निधो गर्ने काम हुसेनको होइन, त्यो अदालतले मात्रै गर्नसक्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर उनी संयुक्त राष्ट्रसंघको विश्वभरीका लागि मानव अधिकारका प्रमुख भएकाले उनको धारणाले महत्व राख्ने एक जना बीबीसी संवाददाता बताउँछन्।

 

उनले रोहिंज्या मुसलमानहरुमाथि ‘स्तब्ध बनाउने गरी निर्मम हमला’ भएको भन्दै त्यसबारे अन्तर्राष्ट्रिय रुपमा फौजदारी अनुसन्धानको आह्वान गरेका छन्।

म्यानमार

अस्वीकार

खासगरी म्यानमारको रखाइन क्षेत्रका मुसलमान समुदायमाथि त्यहाँको सेनाले कारबाही चलाएको थियो।

नोबल शान्ति पुरस्कार विजेता सू चीले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरिन्।

डिसेम्बरको शुरुसम्ममा म्यानमारको जनसंख्याको एक तिहाइ अर्थात झण्डै ६ लाख ५० हजार रोहिंज्या मुसलमानहरुले देश छोडेर भागिसकेका छन्।

अगष्टको अन्त्यमा सेनाको नेतृत्वमा श्रृंखलाबद्ध रुपमा आक्रमण हुन थालेपछि उनीहरुले म्यानमार छोड्न थालेका हुन्।

हजारौं मानिसहरु मारिएका र सयौं घरहरु जलाइएको खबरहरु आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com