‘संसदमा पुग्ने दलहरुको संख्या निक्कै कम’


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधित्वका लागि दलहरुले ल्याउनुपर्ने न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’को व्यवस्थापछि अब बन्ने संसदमा दलहरुको संख्या स्वाट्टै घट्ने देखिएको छ।

यसले संसदभित्र साना दलहरुमाझ देखिँदै आएको फुटको श्रृंखला बन्द हुने तथा सत्तारोहणका लागि हुँदै आएको देखिएका राजनीतिक सौदाबाजीको अन्त्य हुने कतिपय विश्लेषकहरुले ठानेका छन्।

तर कतिपयले ठूला दलहरुबाट यसको दुरुपयोग हुन सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।

न्यूनतम मत सीमा वा थ्रेसहोल्डमा व्यवस्था गरिए अनुसार समानुपातिक तर्फ सदर भएको मतको कम्तीमा ३ प्रतिशत ल्याउने दल मात्र संघीय संसदमा उपस्थित हुनेछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिनिधित्व

यसपाली ८८ दलले निर्वाचनमा भाग लिएका थिए।

प्रत्यक्ष तर्फको सबै नतिजा आइसक्दा केवल ९ वटा दलले मात्र कम्तीमा एक सिट जितेका छन्।

साथै एकजना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।

समानुपातिकतर्फ ५ दलले थ्रेसहोल्ड कटाइसकेका छन् भने अन्य केहीले त्यसका लागि संघर्ष गरिरहेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, “समानुपातिकबाट सिट पाउने सन्दर्भमा गरिएको व्यवस्था अनुसार यसपाली समानुपातिकमा थ्रेसहोल्ड पार गर्न सक्ने दलहरु सीमित हुने देखिएको छ।”

यसअघि २०७० को संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड नराख्दा साना ठूला गरी ३१ दलले व्यवस्थापिकामा प्रतिनिधित्व गरेका थिए।

परिणाम

मतदानतस्वीर 

संसदमा पुग्ने दलहरुको संख्या घट्ने भएपछि यसले पहिलो र दोस्रो संविधान सभामा देखिएका जस्तै सत्तारोहणका लागि साना दलहरुलाई मन्त्री पद जथाभावी बाँड्ने जस्ता राजनीतिक सौदाबाजी र बेथिति नियन्त्रण हुने विश्लेषकहरु बताउँछन्।

निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, “धेरै दलहरु भएर मात्र समस्या समाधान हुने होइन रहेछ। दलहरु थोरै हुन् तर गुणस्तरीय होस्। राम्रो काम गर्न सकियोस्। त्यस दिशातर्फ अब यो मुलुक जानुपर्छ।”

साना दलहरुले आफ्नो समावेशी अधिकार कुण्ठित हुने भन्दै थ्रेसहोल्ड प्रति विमति राख्दै आएका थिए।

तर समानुपातिक प्रणालीमा मधेसी, दलित, खसआर्य, थारु, मुश्लिम जस्ता जाती, क्षेत्र, समुदायको प्रतिनिधित्व रोलक्रम अनुसार निश्चित गरिदिएकोले ती वर्गको प्रतिनिधित्व छुट्ने देखिंदैन।

तर विगतमा जस्तै समानुपातिकमा कतिपय दलहरुले आफू नजिककाहरुलाई कोटा बाँडेर दुरुपयोग गरेको बताउने विश्लेषकहरु यसपाली त्यस्तो आचरण नदेखाउन दलहरुलाई सुझाव दिन्छन्।

केन्द्रीय संसदमा भन्दा प्रदेशसभातर्फ थ्रेसहोल्डलाई अलि खुकुलो बनाइएको छ।

त्यहाँ समानुपातिकतर्फ कम्तीमा डेढ प्रतिशत मत ल्याउने दलले मात्र प्रदेशसभामा उपस्थित हुन पाउनेछन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com