बिरामीसँग कर लिएकोमा सरकारलाई कारण देखाउ आदेश ः सर्वोच्च


प्रकाशित मिति : मंसिर २८, २०७४ बिहीबार

मंसिर २८ कामाडौँ, सर्वोच्च अदालतले स्वास्थ्य सेवामा कर लिने परिपाटीको औचित्यबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ताहरू चन्द्र शिवाकोटी, विष्णु तिमिल्सिनालगायतले दायर गरेको रिटमा संवैधानिक इजलासले अर्थ मन्त्रालयलगायतका निकायलाई कारण देखाऊ आदेश दिएको हो ।

संविधानले नै स्वास्थ्य सेवालाई आधारभूत अधिकार भनेको अवस्थामा उपचारका क्रममा स्वास्थ्य सेवा करका नाममा अतिरिक्त शुल्क लिएको भन्दै उनीहरूले रिट निवेदन दिएका थिए । बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको सवौधानिक इजलासले यस्तो आदेश दिएको हो ।

‘स्वास्थ्य उपचारबापत बिरामीबाट कर लिने व्यवस्था संविधानको मौलिक हकविपरीत भएकाले सर्वोच्चमा रिट दायर गरेका थियौं,’ अधिवक्ता विष्णु तिमिल्सिनाले भने, ‘आज अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।’

नेपालको संविधान २०७२ ले धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निस्शुल्क प्राप्त गर्ने अधिकार प्रत्याभूत गरेको छ । कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था संविधानले गरेको तिमिल्सिनाले बताए । ‘सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने संवैधानिक व्यवस्था पनि छ,’ उनले भने । करले संवैधानिक व्यवस्थाको प्रतिकूल भएको उनको दाबी छ । सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ९२०७४ अनुसार अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाबाहेकका व्यक्ति, संस्था वा निकायले प्रदान गर्ने स्वास्थ्य सेवामा जारी बीजक मूल्यको ५ प्रतिशतका दरले स्वास्थ्य सेवा कर लगाइने उल्लेख छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोही विधेयकमा औषधि उपचार तथा स्वास्थ्य सेवा प्रदायक भ्याटमा दर्ता भए तिनले प्रदान गरेको स्वास्थ्य सेवाबाहेकमा स्वास्थ्य सेवा कर लाग्ने व्यवस्था गरिएको छ । यसबमोजिम निजी अस्पतालले बिरामीबाट १३ प्रतिशत भ्याट वा स्वास्थ्य सेवा करबापत ५ प्रतिशत स्वास्थ्य सेवा कर लिन पाउँछन् । यसैको दुरुपयोग गरी सेवा शुल्कको नाममा उपभोक्तालाई अत्यधिक रकम तिर्न बाध्य पारिएको अधिकारकर्मी बताउँछन् ।

अस्पतालहरूमा शय्या ९बेड० शुल्क लिएर फेरि अर्को शीर्षकमा बेड सर्भिस चार्ज, नर्सिङ सेवा शुल्कजस्ता दोहोरो खाले शुल्क लिने गरेको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ । केही मेडिकलले बिपन्न परिवारलाई दिइने सुविधा स्वास्थ्य सेवा पनि दिएका छैनन् । विभागका महानिर्देशक कुमार दाहालले ब्रान्डका नाममा सबै अस्पतालमा ठगी भएकाले छुट नहुने बताए । ‘बिरामीमाथि खेलबाड भएको छ, ठगी भएको छ,’ उनले भने, ‘बयानपश्चात् भ्रष्टाचार र ठगी मुद्दामा जान्छौं ।’ हाल स्वास्थ सेवा प्रदान गर्ने संस्थाले उपचारमा आउने बिरामीबाट कुनै न कुनै रूपमा रकम असुल गर्दै आएका छन् । अधिकांश सुविधा सम्पन्न सहर केन्द्रित निजी तथा सार्वजनिक स्वास्थ संस्थापिच्छे फरकफरक महँगो शुल्क निर्धारण गरी असुल्ने गरेको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।

न्युरो र बयोधामा पनि चर्को शुल्क

बाँसबारीमा रहेको नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड इलाइड साइन्सेज र बल्खुस्थित बयोधा हस्पिटलले पनि चर्को शुल्क लिएको पाइएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले बुधबार गरेको अनुगमनमा सेवा शुल्कसँगै स्वास्थ सेवा कर तिर्न बाध्य पारेको विभागले जनाएको छ । ‘न्युरोमा अनुगमन गर्दा स्वास्थ सेवा करको अतिरिक्त सर्भिस चार्ज १० प्रतिशत तिर्न बाध्य पारेको भेटियो,’ विभागका महानिर्देशक कुमार दाहालले भने । अनुगमन टोलीले सर्भिस चार्ज लिनुको कारणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

विभागका अनुसार बयोधाले बिरामीबाट १३ प्रतिशत भ्याट, १० प्रतिशत नर्सिङ सेवा शुल्क लिएको पाएको छ । गरिब र असहाय तथा बिपन्न वर्गका लागि १० प्रतिशत बेड नछुटयाएको अनुगमन टोली संयोजक दीपक पोखरेलले बताए । ‘अस्पताल व्यवस्थापनले बेड चार्ज, डक्टर चार्जलगायत शुल्क लिई कुल बिलमा १० प्रतिशत नर्सिङ शुल्क जोडेको पाइयो । त्यसमा पनि १३ प्रतिशत भ्याट लिएको भेटिएको छ,’ उनले भने, ‘सरकारी आरक्षण कोटा छुटयाएको छैन ।’ बढी शुल्क र आरक्षण कोटा नछुटयाएको सम्बन्धमा तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।

विभागका बजार अनुगमन शाखा निर्देशक लक्ष्मण श्रेष्ठले बिपन्न परिवारलाई दिइने सुविधा स्वास्थ्य सेवा विभागसँग समन्वय गरी कार्यान्वयन गर्ने उनले बताए । ‘अस्पताल सञ्चालकसँगको स्पष्टीकरणपश्चात् स्वास्थ्य सेवा विभागसँग छलफल गरेर कानुनी प्रक्रिया अघि बढाउँछौं,’ उनले भने ।
न्युरो र बयोधामा पनि चर्को शुल्क, तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com