विश्वभरका नेतालाई राष्ट्र संघका महासचिवको यस्तो आह्वान


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले सिरियाको द्वन्द्व अन्त्य गर्न र पेरिस जलवायु सम्झौता कार्यान्वयन गर्न विश्वभरका नेतालाई आह्वान गरेका छन्। अमेरिकाको न्युयोर्कमा जारी राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै महासचिव मुनले यी दुई विषयलाई यस वर्षभरि महत्व दिन आग्रह गरे।

विश्वभरि हिंसा रोक्न आह्वान गर्दै उनले भने, ‘सबैका लागि मेरो स्पष्ट सन्देश यो छ कि, तपाईंका जनतालाई बचाउनुस्, लोकतन्त्रलाई खतरामा नपार्नुस्, श्रोत-साधनको अत्याधिक दोहन नगर्नुस्, आलोचकलाई थुन्ने तथा पीडा दिने नगर्नुस्।’ मुनले सिरियाली सरकारले आफ्नै नागरिकको हत्या गरिरहेको जिकिर गर्दै तत्काल युद्ध रोक्न अपिल गरे।

उनले जलवायु परिवर्तनबारे हेलचेक्र्याइँ गर्न अब समय बाँकी नभएको भन्दै यस वर्ष पेरिस सम्झौतालाई कडाइका साथ व्यवहारमा उतार्न पनि आग्रह गरेका छन्। महासचिव मुनले २६ वटा देशले मात्रै जलवायुबारे सम्झौताअनुसारको काम गर्ने प्रयास गरेको बताए।

उत्तर कोरियाले शृंखलाबद्ध तरिकाले परमाणु बम परीक्षण गरिरहेको प्रति लक्षित गर्दै उनले आफ्नो बाटो परिवर्तन गर्न उत्तर कोरियालाई आग्रह गरे। सो अवसरमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले विश्वका साझा मुद्दामा सबै राष्ट्रलाई एकजुट हुन अपिल गर्दै संरक्षणवाद र अलगवादलाई त्यागी समान साझेदारीको भूमिका निर्वाह गर्न आह्वान गरेका थिए। उनले शरणार्थी समस्या पनि विश्वका धेरै राष्ट्रको चुनौतीका रुपमा रहेकाले शरणार्थीका लागि सहयोगी हात अघि बढ्नुपर्नेमा जोड दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com