बाला घिमिरेलाई मातृशोक


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

अमेरिकाको शिकागो निवासी चर्चित सामाजिक व्यक्तित्व बाला घिमिरेलाई मातृशोक परेको छ । घिमिरेकी ममतामयी आमाको निधन भएको छ । खसोखासका सल्लाहकार समेत रहनुभएका घिमिरेलाई यो दुखद घडीमा खसोखास साप्ताहिकका तर्फबाट समवेदना व्यक्त गरिएको छ भने स्वर्गीय आत्माको चीर शान्तिको कामना गरिएको छ ।

शिकागोका मेयरका मानव सम्बन्ध सम्बन्धि सल्लाहकार परिषदको सदस्य रहनुभएका घिमिरे नेपाल सरकारका तर्फबाट पर्यटनदूत समेत हुनुहुन्छ । बाला घिमिरे अमेरिकामा सफल व्यवसायी एवं चर्चित सामाजिक व्यक्तित्व हुनुहुन्छ । सामाजिक क्षेत्रमा सकृय भएवापत अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्डदेखि बराक ओबामाबाट हस्ताक्षरित स्वयमसेवक अवार्ड प्राप्त गर्नुभएका घिमिरे एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जम्पलेरी सर्भिस अवार्डबाट पनि सम्मानित हुनुभएको थियो । शिकागो सिटीको ह्युमन रिलेशन कमिशनमा झण्डै पाँच वर्ष सेवा गर्नुभएका घिमिरे नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि सकृय हुनुहुन्छ ।

एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएन इन साउथइष्ट अमेरिका, एसियन अमेरिकन एड्भाइजरी काउन्सिल लगायतका सामाजिक संस्थामा नेतृत्वदायी तहमा काम गरिरहनुभएका घिमिरे अमेरिकामा रहेका विभिन्न सामाजिक संस्थाहरुमा सल्लाहकार हुनुहुन्छ । डेढ दशक भन्दा लामो समयदेखि अमेरिकामा रहदै आउनुभएका घिमिरेले शिकागोमा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com