हवाई भाडा बढाएपछि वायुसेवा संघमा आपूर्ति विभागको छापा


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, काठमाडौं । व्यवसायीले मंगलवारदेखि लागू हुनेगरी हवाई भाडा बढाउन लागेपछि सरकारले वायुसेवा सञ्चालक संघमा छापा मारेको छ । इन्धनको मूल्य बढेको नाममा भाडा बढाउने निर्णय गरेसँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमवार संघमा अनुगमन गरी कागजात नियन्त्रणमा लिएको हो ।

मंगलवारदेखि संघले हवाई भाडामा २ सय २० रुपैयाँसम्म वृद्धि गरेपछि उक्त भाडा मूल्य अस्वभाविक भएको भन्दै संघमा अनुगमन गरेको हो । भाडा बढाउने निर्णय गरेपछि विभागले संघसँग हालसम्मका सबै कागजात मगाएको छ । ‘भाडा बढाउनुपर्ने कारण, सम्बन्धित कागजात र यसअघिका अभ्यास सबै समेटेर विस्तृत विवरण २४ घण्टाभित्र विभागमा पेस गर्न निर्देशन दिएका छौं,’ अनुगमन टोलीका निर्देशक रमेशकाजी श्रेष्ठले भने ।

संघले सोमवार हवाई भाडा वृद्धि गर्ने निर्णय गरेको थियो । जसअनुसार संघले काठमाडौं देखि धनगढीसम्मका लागि १२ हजार ३ सय २० रुपैयाँ भाडादर कायम गरिएको छ । हालसम्म सोही दूरीको यात्रामा यात्रुले १२ हजार १ सय रुपैयाँ तिर्दै आएका छन् ।

मंगलवारदेखि हिमाली क्षेत्रको उडानमा एक सय ७० रुपैयाँसम्म वृद्धि गर्ने निर्णय संघले गरेको छ । त्यस्तै, नेपालगञ्जको उडानमा एक सय ६५, भद्रपुरका लागि एक सय ५० रुपैयाँ र विराटनगरका लागि एक सय २० रुपैयाँ वृद्धि गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भैरहवामा एक सय ५, तुम्लिङ्टारमा ९५ रुपैयाँ, पोखरामा ८० रुपैयाँ, जनकपुरमा ६० रुपैयाँ, भरतपुरमा ५५ रुपैयाँ र सिमारामा ४५ रुपैयाँले वृद्धि गरिएको छ ।

आयल निगमले गत शुक्रवार हवाई इन्धनको मूल्य बढाएसँगै भाडा बढाउनुपरेको दाबी संघको छ । निगमले हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसअघि प्रतिलिटर हवाई इन्धनको मूल्य ८२ रुपैयाँ बाट ८७ रुपैयाँ पुर्‍याएको थियो ।

संघका कार्यकारी निर्देशक कमलेशकुमार बर्माले हवाई भाडा बढाउनका सरकारबाट स्वीकृति प्राप्त गरिसकेको बताए । ‘इन्धनको मूल्य बढेसँगै भाडामा पनि पुनर्विचार गर्न हामीले सरकारलाई आग्रह गरेका थियौं,’ उनले भने, ‘नागरिक उडड्यन प्राधिकरणले भाडा बढाउन निर्देशन दिएपछि बढाइएको हो ।’ उनका अनुसार भाडा बढाउने संघको निर्णयमा प्राधिकरणले आइतवार स्वीकृति दिएको छ ।

नियमावलीअनुसार संघको भाडादर बढाउन आइतवार नै प्राधिकरणमा सिफारिस गरेको थियो । प्राधिकरणले संघको प्रस्तावमा सदर गरेपछि भाडा बढाउने निर्णय गरिएको संघका कार्यकारी निर्देशक बर्माले बताए । ‘तेलको मूल्य पाँच रुपैयाँभन्दा बढी बढ्दा भाडा बढाउन मिल्ने व्यवस्था अनुसार भाडा वृद्धि गरिएको हो,’ बर्माले थपे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com