बहालवाला तथा सबै पूर्व प्रधानमन्त्रीको जित


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका बहालवाला र पूर्व गरी प्रधानमन्त्री भइसकेका सबै ६ जनाले जित हासिल गरेका छन्।

पाँचजना भूतपूर्व र एकजना बहालवाला प्रधानमन्त्री यसपटक चुनावी मैदानमा थिए।

२०४६ सालमा भएको प्रजातन्त्रको पुनरागमन यता प्रधानमन्त्री निर्वाचित जीवित नेता मध्ये एकजनाले मात्र चुनावी दौडबाट विश्राम लिएका छन्।

उमेरको कारण देखाउँदै लोकेन्द्रबहादुर चन्दले राजनीतिबाट अवकाश लिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जीत

पाँच पटक प्रधानमन्त्री बनिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर ७ को डडेलधुराबाट २८ हजार ४ सय ४६ मत ल्याएर जितेका छन्।

मतदान

यो चुनावको अहिलेसम्मको मतपरिणाममा कांग्रेसको स्थान निकै खुम्चिएको देखिए पनि पार्टी सभापति देउवा भने आफ्नो बलियो पकड रहेको डडेलधुराबाट विजयी भएका हुन्।

त्यस्तै माओवादी केन्द्रसंग गठबन्धन गरेको नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका तीनवटै पूर्व प्रधानमन्त्रीहरुले पनि फराकिलो मत अन्तरले जितेका छन्।

एमाले अध्यक्ष केपी ओलीले झापा ५ बाट ५७ हजार १ सय ३९ मत ल्याएर आफ्ना प्रतिद्वन्द्वी खगेन्द्र अधिकारी भन्दा दोब्बर बढीले जितेका छन्।

वाम गठबन्धन गरेर चुनावमा उत्रिएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले चितवन ३ बाट राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई झण्डै १० हजार मत अन्तरले हराएका छन्।

उनले ४८ हजार २७६ मत ल्याएका छन् भने पाण्डेले ३८ हजार ९३५ मत ल्याएका छन्।

पराजय

पहिलो संविधानसभा चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीसँग पराजित भएका माधवकुमार नेपालले यसपटक काठमण्डूको क्षेत्र नम्बर २ बाट २७ हजार ३ सय ६६ मत ल्याएर चुनाव जितेका छन्।

मतदान

उनले कांग्रेसका उम्मेदवार दिपक कुइँकेललाई फराकिलो मत अन्तरले हराए।

 

एमालेकै अर्का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि इलामको निर्वाचन क्षेत्र नम्बर १ बाट ३६ हजार ८ सय ५ मत ल्याएका छन्।

पहिला माओवादी पार्टीमा रहँदा प्रधानमन्त्री भएका तथा हाल नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले कांग्रेससँग मिलेर वाम गठबन्धनका तर्फबाट उठेका नारायणकाजी श्रेष्ठलाई हराएका छन्।

भट्टराईले आफ्नो गृह जिल्ला गोरखा क्षेत्र नम्बर २ मा ३१ हजार ८०७ मत ल्याएका छन्।

मतदान

बहालवालासहित सबै पूर्व प्रधानमन्त्रीहरुले चुनावमा विजय प्राप्त गरेका बेला अधिकांश पूर्व उपप्रधानमन्त्रीहरुले भने पराजय बेहोरेका छन्।

पूर्व उपप्रधानमन्त्रीहरु मध्ये नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिले हारेका छन्।

त्यस्तै राप्रपाका तर्फबाट उठेका उपप्रधानमन्त्री कमल थापा, अनि एमालेका वामदेव गौतम पनि पराजित भएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com