कर्मचारी र शिक्षकलाई योगेशको सुझाव– ‘भ्रष्ट कर्मचारी र नपढाउने शिक्षक कृपया नबस्नुहोला’


प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

– आनन्द गौतम, ताप्लेजुङ

मंसिर २५, २०७४-प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सचिव योगेश भट्टराईले भ्रष्टाचार गर्ने मन भएका कर्मचारीलाई ताप्लेजुङमा नबस्न अनुरोध गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘देशभर कहीँ पनि भ्रष्टाचार नगर्नु होस्, आफूलाई सुधार्न सक्नुहुन्न भने कृपया ताप्लेजुङचाही बस्दै नबस्नु होला ।’ उनले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाभरीका कर्मचारीको भेला बोलाउन भनेको र आफूले यही कुरा सुनाउन चाहेको बताए । ‘पैसा कमाउन भए अन्तै जानुहोस् यहाँ पाइँदै पाइँदैन,’ उनले भने, ‘यहाँ आउने र बस्नेले सरकारले दिएको सेवा सुविधामा रहेर जनताको काम गर्नुपर्छ ।’ जनताले दिएको विश्वास ग्रहणका लागि सुशासन र पारदर्शिता आवश्यक रहेको बताएका उनले त्यो आफ्नै जिल्लावाट सुरु गर्ने दावी गरे ।

भट्टराईले बिद्यालय नजाने, नपढाउने शिक्षकलाई क्षम्य नहुने बताए । जिल्लाका कुनैपनि सार्वजनिक विद्यालयका बिद्यार्थी फेल हुन नहुनेमा उनको जोड छ । नपढाउने, विद्यालय नजाने शिक्षकप्रति कटाक्ष गर्दै भट्टराईले भने, ‘शिक्षकले बिद्यालयमा ध्यान दिनुपर्छ किनकि भविष्य त्यहाँ छ । नपढाउने शिक्षक आफ्नो संगठनका लागि पनि आवश्यक नरहेको उनले बताए । भट्टराईले भने, ‘पढाउँदै नपढाउने मास्टरको संगठनलाई किन भोट दिने भन्छन् जनताले, त्यसैले संगठन बढाउने भए पढाउनुपर्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफ्नो कार्यकालमा हरेक बिद्यालयमा छात्राका लागि शौचालय निर्माण गर्ने योजना भट्टराईको छ । ‘मैले तथ्यांक हेरेको छु, सबैभन्दा बढी छात्राहरुले बिद्यालय छोडेका छन् । त्यसको कारण भनेको महिलामैत्री शौचालय हो, त्यसलाई सुधार गर्नुपर्छ ।’ आफूले चुनावी अभियानमा बिद्यार्थीलाइ सुँगुर, बाख्राको खोरमा थुनेर राखेजस्तो एकै ठाउँ कोचेर राखेको देखेको सुनाउँदै त्यसमा सुधार गर्ने बताए ।

भट्टराईका अनुसार एनजिओ आईएनजिओले जिल्लामा अब तालिम गोष्ठी गरेर पैसा खर्च गर्न पाउने छैनन् । पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने छ । तालिम गोष्ठीका नाममा खाममा पैसा हालेर दिने अनि प्रगति प्रतिवेदन तयार गर्ने कुरा मान्य नहुने बताउँदै उनले थपे, ‘अबको काम देखिने हुनुपर्छ’ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com