रौतहटको विजय जुलुसमा झडप, प्रहरीद्वारा हवाई फायर


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

मंसिर २४, विजयी उम्मेदवारहरुले निकालेको विजय जुलुसको क्रममा रौतहटको २ वटा छुट्टाछुट्टै स्थानमा मधेसी गठबन्धन र कांग्रेसका कार्यकर्ताबीच आइतबार मध्यान्ह झडप भएको छ ।

निर्वाचन क्षेत्र नं २ को प्रदेश सभा ९ख० मा विजयी भएका संघीय समाजवादी फोरमका उम्मेदवार रामकिशोर प्रसाद यादवको विजय जुलुस माथि कांग्रेसका कार्यकर्ताले राजपुर नगरपालिका(५ मा ढुंगामुढा गरेपछि झडप भएको थियो ।

झडपलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर र ८ राउण्ड बढी आश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

त्यस क्रममा घाइते भएका मानिसहरुको विवरण प्रहरीले उपलब्ध गराउन चाहेन । स्थानीय बासिन्दाका अनुसार झडपको क्रममा दुवै पक्षका आधा दर्जन बढी मानिस घाइते भएको स्थानीयले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै नेपाली कांग्रेसको जितको खुशीमा पटका पड्काउने क्रममा इसनाथ नगरपालिका(८ मनसरीमा एक घरमा आगलागी भएपछि घरधनी र कांग्रेसी कार्यकर्ताबीच झडप भएको थियो ।

समयमै आगलागी नियन्त्रणमा लिइएपछि थप क्षति हुन नसकेको प्रहरीले जनायो । घटनाको खबर पाए लगत्तै पुगेको प्रहरी टोलीले दुवै पक्षलाई तितरवितर पारेर अवस्था साम्य पारेको सुरक्षा अधिकारीले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com