उपराष्ट्रपति स्वदेश फर्किंदा अस्तव्यस्त ट्राफिक


प्रकाशित मिति : आश्विन ६, २०७३ बिहीबार

उपराष्ट्रपति नन्दबहादुर पुन भेनेजुयलाबाट फर्कने क्रममा बुधबार राजधानीका सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नुपर्‍यो ।असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर फर्कंदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि कान्तिपथसम्मको सडक खाली गराइएको थियो । यसका कारण कार्यालय समयमा चक्रपथभित्रका सबैजसो सडकमा घन्टौँ जाम भएको थियो ।

बिहान साढे नौ बजेदेखि १० बजेसम्मको समयमा सिनामंगलदेखि कान्तिपथसम्मको सडक उपराष्ट्रपतिको औपचारिक सवारीका कारण अस्तव्यस्त बनेको हो । राष्ट्रपति, उपराष्ट्रपति तथा प्रधानमन्त्रीको औपचारिक कार्यक्रमहरूमा भने उपत्यकाको सडक अस्तव्यस्त बन्ने गरेको छ ।

त्यसमाथि कार्यालय समयमा भिभिआइपीको सवारी हुँदा सडकमा यातायात अस्तव्यस्त बन्ने गरेका छन् । सुरक्षा दृष्टिकोणले विशिष्ट व्यक्तिहरूको आवतजावतमा विशेष सतर्कता अपनाउने गरिन्छ ।

तर, तिनै व्यक्ति अनौपचारिक कार्यक्रममा जाँदा सडक खाली गरिँदैन भने औपचारिक कार्यक्रमको क्रममा पूरै सडक खाली गरेर सर्वसाधारणलाई सास्ती दिइन्छ । यस्तो अवस्थाले राजतन्त्रको झल्को दिएको भन्दै सर्वसाधारणले आलोचना गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com