चार पटक चुनाव हारेका सिंहले पाँचौ पटकमा जिते


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

मंसिर २३, २०७४-एमालेका तत्कालिन महासचिव मदन भन्डारीले भनेका थिए, ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुदैन ।’ यही कुरा भैरबबहादुर सिंहको जीवनमा पनि मेल खाएको छ । तीन पटक प्रतिनिधिसभा र एक पटक राष्ट्रियसभाको निर्वाचनमा पराजय भोगेका सिंह राजनीतिबाट थाकेका भए । सायद उनी गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने पहिलो संघीय संसदको सदस्य निर्वाचित हुँदैन थिए होला ।

चार पटक पीडादायी हार व्यहोरी सकेपछि पाँचौ पटक उनको भाग्यको ताला खुल्यो । शुक्रबार उनी आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहलाई ७ हजार ७ सय २ मतको फराकिलो अन्तरले पराजित गर्दै प्रतिनिधि सभामा निर्वाचित भए । २०४८ साल पछि भएका निर्वाचनमा सबै भन्दा धेरै मत अन्तरले जित्ने नेता हुन पुगे ।

उनीसंग २०४८, २०५१ र २०५६ सालमा भएको निर्वाचनमा बझाङ क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको लागि चुनाव लडेर नेपाली काङग्रेससंग लगातार पराजित भएको तितो अनुभव छ । त्यस लगतै २०५८ सालमा भएको राष्ट्रिय सभाको सदस्य निर्वाचनमा पनि उनी पराजित भए ।

बझाङको दुर्गम गाउँ सैनपसेलाको एक गरीव परिवारमा जन्मिएर नेकपा एमालेको केन्द्रीय सदस्यसम्म पुगेका उनले पराजयको विगत सम्झदै भने, ‘मैले हार्दा धेरै पटक मेरा शुभचिन्तकहरुले आँशु बगाएको सम्झना छ, अबका दिनमा सबैको अनुहारमा हाँसो ल्याउने गरी काम गर्ने छु । मेरो कामबाट मेरा मतदाताहरुले शिर झुकाउने अवस्था नआओस भन्ने कुरामा म सजग छु ।’ सदरमुकामको खुलामञ्चमा आयोजित विजय उत्सवमा यसो भनिरहदा उनी भावुक भएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com