मतगणना गतिप्रति निर्वाचन आयोग ‘सन्तुष्ट’


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

निर्वाचन आयोगले कुनै प्रकारको अवरोध उत्पन्न नभए पूर्व निर्धारत समयभित्रै मतगणना सकिने जनाएको छ।

प्रतिनिधि तथा प्रदेश सभाको जारी मतगणनाको हालसम्मको गतिप्रति आयोगले सन्तुष्टि समेत व्यक्त गरेको छ।

स्थानीय तह निर्वाचनको तुलनामा मतपत्र सानो आकारको हुनुका साथै गणना स्थलमा चुस्त सुरक्षा व्यवस्था, अभ्यस्त बनिसकेका गणक र गणना गर्ने विधि समेत छरितो बनाइएकोले गणनाको गति सन्तोषजनक भएको अधिकारीहरुले बताएका छन्।

स्थानीय तहको निर्वाचनमा मतपरिणाम थाहा पाउन पट्यार लागेको बताउने सर्वसाधारणले यसपटकको परिणाम छिट्टै थाहा पाउन सकेकोले खुशी व्यक्त गरेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वाम गठबन्धनद्वारा अग्रता कायमै

खर्चिलो चुनावले भ्रष्टाचार मौलाउने चेतावनी

चुनावपछि अस्थिरता: अन्त्य कि नयाँ अध्याय?

व्यवस्थापन

शुक्रवार राष्ट्रिय सभा गृहभित्र काठमाण्डू जिल्लाको मतगणना भइरहँदा सभागृह अगाडि मतपरिणाम सुन्न झुम्मिएका राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणलाई हरेक घण्टाजसो मतपरिणाम सुनाउने गरिएको थियो।

सर्वसाधारणले व्यक्त गरेको खुशी जस्तै निर्वाचन आयोगका अधिकारीहरुले पनि मतगणनाको गतिप्रति सन्तोष व्यक्त गरेका छन्।

शुक्रवार दिनभरजसो काठमाण्डू र भक्तपुरको मतगणनाको अवस्था निरीक्षण गरेका एकजना निर्वाचन आयुक्त ईश्वरी पौडेलले भने, “व्यवस्थापन र सुरक्षाको अवस्था पनि राम्रो छ, मतपत्र छरितो छ र गणकहरु राम्रो ढङ्गले प्रशिक्षित छन्। त्यसैले मतगणना असाध्यै चुस्त छ र परिणाम पनि छिट्टै आइरहेको छ।”

आयोगले पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका अधिकांशको मतगणना आइतवारसम्ममा सकिने जनाएको छ।

आयोगले यसअघि नै मतगणना शुरु भएको ४ दिनभित्र प्रत्यक्षतर्फको र ८ दिनभित्र समानुपातिकतर्फको मतगणना सकिने जनाएको थियो।

मतगणना

तर राजनीतिक दलबीचको सम्भावित विवाद लम्बिए मतगणनाको समय लम्बिन सक्ने बताइएको छ।

मतगणनामा विवाद नहोस् भन्नाका लागि चुस्त पारिएको गणना प्रक्रियाबारे काठमाण्डू जिल्लाका प्रमुख निर्वाचन अधिकृत रमेशराज पोख्रेलले बताए।

प्रक्रिया

उनले भने, “मतपेटिकाको सील खोल्दा, त्यसपछि मतगणना गरिसक्दा, गणना गरेको मतपरिणाम घोषणा गर्दा र त्यसपछाडि मतगणना भइसकेका मतपत्रहरुलाई फेरि बन्द गरेर सील लगाउने लगायतका सबै प्रक्रियामा मुचुल्का हुन्छन्।”

मतपेटिकाबाट राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारको प्रतिनिधिको रोहबरमा मतपत्र खन्याइसकेपछि चुनाव चिह्नका आधारमा मतपत्रहरु छुट्याएर कुल मतपत्र संख्यासँग सदर र बदर मतपत्रको संख्या मिलान गरेपछि मतगणना शुरु गरिन्छ।

आफ्नो अनुभव सुनाउँदै एकजना मतगणक अञ्चन भट्टराई, “स्थानीय तहको निर्वाचनमा निकै रङ्गको मसी र निलै रङ्गको मतपत्र थियो तर अहिले मसी निलो र मतपत्रहरु हरियो, कालो र रातो भएकाले छाप पनि प्रस्ट देखिन्छ। त्यसकारणले गर्दा पनि मतगणना पनि अलिकति सजिलो र तीव्र भइरहेको हो।”

मतगणना स्थलमा गणक बाहेक अरुले मतपत्र छुन नमिल्ने र सिसिटिभिबाट अनुगमन गर्न सकिने प्रबन्ध मिलाइएकोले पनि भरतपुरमा जस्तो मतपत्र च्यातिने सम्भावना नरहेको आयोगको विश्वास छ।

तर चौबिसै घण्टा मतगणना हुने र दलका प्रनिनिधि पनि फेरिइरहने भएकोले गणना स्थलमा हुनसक्ने सुरक्षा चुनौतीबारे सुरक्षा निकाय सजग रहेको सम्बद्ध अधिकारीले जनाएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com