‘फराकिलो अन्तरसहित वाम गठबन्धन अगाडि’


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

प्रतिनिधिसभा चुनावको प्रारम्भिक मतगणनामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वामपन्थी गठबन्धन नेपाली कांग्रेसभन्दा निकै अघि देखिएको छ।

मतगणना

पहिलो चरणमा निर्वाचन भएका ३२ वटा उच्च पहाडी र हिमाली जिल्लाको मतगणनाको परिणाम आउने क्रम जारी छ।

त्यहाँ प्रतिनिधिसभाको ३७ र त्यसको दोब्बर संख्यामा रहेका प्रदेशसभा निर्वाचन क्षेत्रमा वाम गठबन्धन फराकिलो अन्तरसहित अगाडि छ।

अनौपचारिक रुपमा नतिजा नै सार्वजनिक गरिएका अधिकांश क्षेत्रमा कांग्रेस निकट्तम प्रतिद्वन्द्वीमै सीमित हुन पुगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

असन्तुष्ट

नेपाली कांग्रेसका एकजना वरिष्ठ नेताले पहिलो चरणको प्रारम्भिक मतपरिणामबाट सन्तोषजनक नभएको प्रतिक्रिया दिएका छन्।

दोस्रो चरणको परिणाम आफ्नो पक्षमा आउने आशा व्यक्त गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, “दोस्रो चरणको भर्खर गणना हुन लागेकाले त्यसबारे प्रतिक्रिया जनाउने बेला भएको छैन। तर पहिलो चरणको जे-जति परिणाम आएको छ त्यसमा सन्तुष्टि लिने ठाउँ देख्दिन।”

नेता पौडेलको आशावादी नजर अब दोस्रो चरणमा मतदान भएका मतपेटिकामाथि टिकेको छ।

प्रतिनिधिसभाका १२८ र त्यसको दोब्बर २५६ वटा प्रदेशसभा क्षेत्र रहेका ४५ जिल्लामा दोस्रो चरणमा मतदान भएको थियो।

सम्भावित संकट

मतदाता बढी रहेका त्यहाँको मतगणना निकै प्रारम्भिक चरणमा छ। तर मतगणनाका जति परिणाम बाहिर आएका छन्‚ तिनले पनि वाम गठबन्धन बलियो देखाएका छन्।

अब धेरैलाई चासो छ, दुवै चरण र समानुपातिक गरी वाम गठबन्धनको उपस्थिति कुन रुपमा होला?

मत

एमाले उपाध्यक्ष भीम रावल भन्छन्, “बहुमत आउँछ भन्नेमा त पूर्ण विश्वस्त छौं। हामीले त दुई-तिहाई बहुमतको आशा गरेका छौं।”

एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणको लक्ष्य छ। चुनावी परिणामबाट एक अर्कालाई इमान्दारीपूर्वक नसघाएको देखिएमा एकीकरण वा गठबन्धन निरन्तरता संकटमा पर्न सक्ने कतिपयको विश्लेषण पाइन्छ।

तर एकअर्कालाई इमान्दारीसाथ सघाउन कार्यकर्ता परिचालन गरेको बताउने एमाले नेता रावल त्यस्तो नहुनेमा विश्वस्त देखिए।

लाभको आशा

उनले भने, “कहिलेकाहीँ स्थान र व्यक्ति विशेषका कारणले कसैले जित्ने-हार्ने हुनसक्छ। तर एमालेले माओवादी र माओवादीले एमालेलाई यथोचित सहयोग नगरेका कारणले मत तलमाथि पर्दैन।”

वाम गठबन्धन बनाएदेखि नै एमाले र माओवादी केन्द्रले बहुमत ल्याउने दाबी गर्दै आएका थिए। उनीहरुले विगतका निर्वाचनमा आफूहरुले पाएको भोटलाई त्यसको आधारको रुपमा प्रस्तुत गर्दथे।

कमजोर लाग्ने त्यस्तै दाबी गर्ने कांग्रेसले कटुतापूर्ण विगत भएका दुई कम्युनिष्ट पार्टीका कार्यकर्ताबीचको अन्तरद्वन्द्वको लाभ लिन सक्ने आशा राखेको हुनसक्छ।

तर अन्तिम परिणामबाट स्पष्ट बहुमत प्राप्त गर्नेमा वाम गठबन्धन विश्वस्त देखिन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com