प्रतिबन्धको पक्षमा फैसला


प्रकाशित मिति : मंसिर २०, २०७४ बुधबार

मंसिर २०, २०७४-अमेरिकी सर्वोच्च अदालतले ६ वटा मुस्लिम बाहुल्य देशमाथि राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको यात्रा प्रतिबन्धको निर्णयको पक्षमा फैसला गरेको छ । फैसलासँगै टम्पलाई उक्त निर्णय कार्यान्वयन गर्ने बाटो खुलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले चाड, इरान, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकले अमेरिकामा यात्रा प्रतिबन्ध लगाएका थिए । सर्वोच्च अदालतको यो आदेशले राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेयता घोषणा गरेको तेस्रो यात्रा प्रतिबन्धलाई समेट्छ ।

सर्वोच्च अदालतका ९ मध्ये ७ न्यायाधीशले ट्रम्प प्रशासनले लगाएको यात्रा प्रतिबन्धमाथि रोक लगाउने तल्लो अदालतका निर्णय उल्टयाएका हुन् । दुई न्यायाधीशले भने राष्ट्रपतिको आदेशको विपक्षमा मत जाहेर गरेका थिए । क्यालिफोर्नियाको सान फ्रान्सिस्को र भर्जिनियाको रिचमन्ड संघीय पुनरावेदन अदालतले यो साता यात्रा प्रतिबन्ध नीति ठीक भएको भन्ने आदेश कानुन सम्मत भए नभएको दाबीमाथि सुनुवाइ गर्दै छन् । सर्वोच्च अदालतले संघीय अदालतबाट यस विषयमा उपयुक्त निर्णय हुने अपेक्षा राखेको जनाएको छ ।

कानुनी क्षेत्रका विज्ञहरूले यो निर्णयले अमेरिकाको सर्वोच्च न्यायिक निकायले अमेरिकी प्रशासनको पक्षमा फैसला गरेको जस्तो देखिएको बताएका छन् । क्यालिफोर्निया विश्वविद्यालयअन्तर्गतको कानुनी स्कुलका प्राध्यापक डेभिड लेभिनले मुद्दाको निर्णयसँगै सरकारको बुझाइ र हाम्रो सोचाइमा अन्तर रहेको देखिएको जनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइटहाउसका प्रवक्ता होगन गिड्लेले अदालतको निर्णयले ‘हाइटहाउस अच्चम्मित नभएको’ प्रतिक्रिया दिएका छन् । अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले निर्णयलाई ‘अमेरिकी नागरिकको सुरक्षाको पक्षको भएको जित’ को संज्ञा दिएका छन् ।

अध्यागमनसम्बन्धी राष्ट्रिय कानुन केन्द्रकी निर्देशक क्यारेन टम्लिनले ट्वीटमार्फत अदालतको आदेश ‘विध्वंसकारी’ भएको दाबी गरेकी छन् । उनले सर्वोच्च अदालतले मुस्लिम बाहुल्य देशमाथि लगाउने यात्रा प्रतिबन्धले पार्ने मानवीय असर सम्बोधन नगरेको बताइन् । उनले यस निर्णको विपक्षमा लडाइँ जारी राख्ने चेतावनी दिइन् ।

ट्रम्पले शासन सम्हालेयता विभिन्न समयमा लगाएका तीनवटै यात्रा प्रतिबन्धलाई अदालतमा चुनौती दिइएको थियो । गत जनवरी, मार्च र सेप्टेम्बरमा गरी उनले तीन पटक विभिन्न देशमाथि यात्रा प्रतिबन्धको आदेश जारी गरेका थिए ।

तर तल्लो तहका अदालतले उनको यात्रा प्रतिबन्ध मुस्लिम लक्षित भएको जनाएका थिए । उनीहरूले त्यस्ता प्रतिबन्धले अमेरिकी संविधानको पहिलो संशोधनले समेटेको धर्मसम्बन्धी स्वतन्त्रताको उल्लंघन भएको भन्दै प्रतिबन्धको विपक्षमा निर्णय गरेका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com